मिस तामाङ २०१९ को ताज भिडन्तमा २६ जना प्रतिस्पर्धी, सकियो पहिलो अडिसन

२९ पुष २०७५, आईतवार १०:५८
Miss tamang 2019-Murchunga TV

काठमाडौँ, २९ पुस । ‘मिस तामाङ २०१९’ मा २६ जना प्रतिस्पर्धीहरुले ताजका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फागुन १८ गते फाईनल भिडन्तको तयारी गरिएको प्रतियोगिताका लागि पहिलो चरणको अडिसन सकिएको हो । ‘मिस तामाङ २०१९’ मिस तामाङको १२ औँ संस्करण हो । प्रतियोगिताको लागि पुस १५ गतेदेखि आवेदन माग गरिएको थियो । एभरेष्ट फेसन होम र साधना कला केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछन् । त्यसका साथै विजेताले नगद १ लाख, सिल्बर क्राउन, फस्ट रनर अपले ५० हजार, सिल्बर क्राउन, सेकेण्ड रनर अपले २५ हजार, सिल्बर क्राउन र अन्य १० प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ । प्रारम्भिक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा साँस्कृतिक जागरण लगायतका विभिन्न विषयमा एक महिने तालिम शुरु दिईने बताइएको छ ।

यस वर्ष मिस तामाङमा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगाएतका स्थानबाट सहभागी भएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुनका लागि तामाङ जातिको हुनुपर्ने, १६ वर्ष देखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तिमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरिएको थियो । विजेताको घोषणा तथा अवार्ड वितरण कार्यक्रम फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*