हाँडीखोलामा वडास्तरीय सम्वाद कार्यक्रम पुलको समस्यादेखि स्वास्थ्य सेवासम्मको गुनासो

२८ पुष २०७५, शनिबार १४:४६
Hadikhola Samwad-Murchunga TV (1)

मकवानपुर, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडिखोलामा वडास्तरीय सम्वाद कार्यक्रम भएको छ । हिमराईटस् मकवानपुरले दातृ निकाय र मनहरी गाउँपालिका सँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

Hadikhola Samwad-Murchunga TV (2)

‘सबै तहका शासनमा सामाजिक जवाफदेहिता, सिमान्तकृत युवाको सक्रिय सहभागिता’ बिषयक सम्वाद कार्यक्रममा स्थानीय युवाहरुले जनप्रतिनिधीलाई जिज्ञासा सोधेका थिए । युवाहरुको जिज्ञासाको उत्तर मनहरी गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तान, वडा सदस्यहरु उमाकुमारी नेपाली, बिष्णुबहादुर थिङ्ग, उद्धब मल्ल र वडा सचिव ज्ञानेन्द्र ढकालले दिएका थिए ।

Hadikhola Samwad-Murchunga TV (3)

कार्यक्रममा सहभागीले पुलको समस्या, उच्चशिक्षा, स्वास्थ्य सेवा, कृषिअनुदान, निर्माणमा स्थानीयको सहभागिता, वडा कार्यालयको सूचना प्रवाह लगायतका बिषयमा आ–आफ्ना धारणासहित जनप्रतिनिधीमाथि जिज्ञासा राखेका थिए । कार्यक्रममा वडाको अवस्था, समस्या र चुनौतीहरु तथा विकासको साझा धारणा बिषयमा प्रश्न उत्तरसँगै छलफल गरिएको थियो । प्रकाश ढकालले सहजिकरण गरेको कार्यक्रममा हिमराईट्स केन्द्रीय कार्यालयका लेखाअधिकृत बिजय महर्जन, मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबालगायतको उपस्थिती रहेको थियो । यसैबिच, मनहरी गाउँपालिकाको वडा नम्बर ६ मा सोमबार वडास्तरीय सम्वाद कार्यक्रम गरिने बताईएको छ ।

Hadikhola Samwad-Murchunga TV (4)
यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*