हेटौँडामा माघ १ गते प्रथम थारु माघी महोत्सव हुने, यस्तो छ आकर्षण

२८ पुष २०७५, शनिबार १४:५२
Tharu Kalyankarini Sabha-Murchunga TV 1

–चन्द्र घलान/ मकवानपुर, २८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ वासुदेव सभागृहमा आउँदो माघ १ गते ‘प्रथम थारु महोत्सव २०७५’ हुने भएको छ । हेटौँडा २ मा अवस्थित एस.एस. फुड ल्याण्डमा शनिबार थारु कल्याण कारिणी सभा मकवानपुरले पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

यस अघि नेपालका विभिन्न स्थानमा माघी मनाईदै आएता पनि यस वर्ष पहिलो पटक थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थहरुको सहयोगमा माघी महोत्सव मनाउन थालिएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम थारु माघी महोत्सव २०७५ मूल आयोजक समारोह समिति मकवानपुरका संयोजक हरिलाल चौधरी थारुले बताए ।

आयोजकका अनुसार माघी महोत्सवमा सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी बासुदेव सभागृहमा पुगेर मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको छ । महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज, वस्तु र सीपकला, हस्तकलाको प्रदर्शनीको एक छुट्टै स्टलको व्यवस्था रहने बताइएको छ । थारु जातीले खाने गरेका विशेष परिकारहरुको सःशुल्क स्टल रहने छ । महोत्सव अवलोकनमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि थारु जातिको सांस्कृतिक नाचगानको समेत व्यवस्था मिलाइएको छ जसमा आन्तरिक तथा बाह्य कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सव अवलोकनमा प्रतिव्यक्ति प्रवेश शूल्क रु २० लाग्ने बताइएको छ ।

थारु जातीको सांस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज र थारु खानपिन परिकारहरुको व्यवसायीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रचार प्रसार गर्ने, थारु समुदायमा लुकेर रहेको प्रतिभाहरुलाई प्रष्फुटन गराई उनीहरुको योग्यता तथा क्षमतालाई स्थापित गराई आदिवासी जनजातीका अधिकारका सवालमा जागरुक गराई राष्ट्रिय विकास र श्रोत साधनमा सिंगो आदिवासी थारु समुदायको पहुँचलाई अगाडी बढाउन सहयोगीको भूमिका खेल्नको साथै आन्तरिक पर्यटन क्षेत्रमा विकास र विस्तार गरि ग्रामिण अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले माघी थारु महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

Harilal Chaudhari Tharu Tharu Kalyankarini Sabha-Murchunga TV 2

करिब ४ लाख ५ हजार खर्च हुने अनुमान गरिएको महोत्सवलाई हेटौँडा उपमहानगरपालिका, शिवम् सिमेन्ट, बानियाँ कन्स्ट्रक्सन लगायत विभिन्न संघ संस्था, कम्पनीहरुको सहयोग रहेको छ । यस महोत्सवमा करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । नेपाल सरकारले माघी पर्वमा दिँदै आएको सार्वजनिक विदा २०७५ सालदेखि कटौती गर्ने निर्णय गरेको भन्दै आयोजक कमिटिले यस पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरे । महोत्सवलाई ऐतिहासिक रुपमा भव्यताका साथ सफल बनाउन सम्पूर्ण मकवानपुरवासी लगायत विभिन्न संघ संस्थाहरु, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाज, वुद्धिजिवी, महिला, युवा, विद्यार्थी, मजदुर लगायत हरेक पेशाकर्मीहरुमा आयोजक कमिटिले आग्रह गरेको छ ।

कार्यक्रममा प्रथम थारु माघी महोत्सव २०७५ मूल आयोजक समारोह समिति मकवानपुरका संयोजक हरिलाल चौधरी थारु, थारु कल्याणकारिणी सभाका जिल्ला सचिव चन्द्रकान्त चौधरी, थारु कल्याणकारिणी महिला सभाकी केन्द्रीयउपाध्यक्ष अमिता चौधरी, थारु युवा सभाका केन्द्रीय सदस्य सम्झना चौधरी, जिल्ला अध्यक्ष अमितकुमार चौधरी, थारु विद्यार्थी सभाका जिल्ला अध्यक्ष राजेशप्रसाद चौधरी लगायतको आतिथ्य रहेको थियो ।

को हुन् थारु थारु जाति ?
विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जाती एक प्राचिन आदिवासी जनजाति हो । नेपालको पूर्व मेची झापा जिल्लादेखि पश्चिम महाकाली कञ्चनपुर जिल्लासम्म तराई र भित्री तराईका २३ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहेको छ । वि.सं.२००५ सालमा थारु कल्याणकारिणी सभाको गठन भएको हो । मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रही आएका थारुहरु एकजुट भई २०५३ सालमा थारु कल्याणकारिणी सभा, मकवानपुरको गठन भई नेपाल आदिवासी जनजाति महासंघको भातृ संगठनको रुपमा हालसम्म निरन्तर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका थारुहरुको जनसंख्या करिब २००० रहेको र उनीहरुमध्ये ७० घरधुरी स्थायी रुपमा घर बनाई बसोबास गरिरहेका छन् । विभिन्न कार्यालय, संघसंस्था, उद्योग, व्यापार, कलकारखानाहरुमा कार्यरत जनसंख्या ५०० को हाराहारीमा रहेको छ भने करिब १५०० विद्यार्थीहरु विभिन्न स्कूल र कलेजमा अध्ययन गरिरहेका छन् ।

के हो माघी ?

थारु जातीले मनाउने विभिन्न चाड पर्वहरु मध्ये मुख्यपर्व माघी आफ्नै गणप्रथा भित्रको नयाँ बर्षको रुपमा रहेको छ । जसमा खासगरि पश्चिम तराईमा बडघडिया (गाउँको मुली), चिरकिया (गाउँको पुजारी), चौकिदार (गाउँको हुलाकी) र घरायसी कामको लागि घरधुरिया एकबर्षको लागि चुनिने गरिन्छ । तसर्थ थारु जातीको नेपाल लगायत अन्तर्राष्ट्रिय जगतमा यिनै सामाजिक, सांस्कृतिक पहिचान दिलाउन तथा ऐतिहासिक तथ्यहरु खोजविन गरी थारु संस्कृतिको संरक्षण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण गरी थारुको पहिचानलाई जगेर्ना गर्न प्रत्येक बर्ष थारु बाहुल्य क्षेत्र र काठमाण्डौमा समेत भव्यताका साथ माघी पर्व मनाईन्छ ।

माघी पर्वका मुख्य विशेषताहरु
माघी पर्वको अवसरमा थारु वस्तीहरुमा संक्रान्तीको दुई दिन अगाडी माछा मारेर खाने गरिन्छ । पौष मसान्तको दिन जिता (सुँगुर, बँगुर, खसी) मारी खाने र साँझबाट धुमरु गाईने तथा नाचगान गरी रातभर जाग्राम बस्ने गरिन्छ । विहानै भाले बासेपछि नाच्दै नदी, खोला, पोखरीमा गई नुहाई धुवाई गर्ने र महादेवको पुजा गर्ने गरिन्छ । यसपछि घरघरमा गई आफूभन्दा ठूलालाई ढोगभेट गर्ने र माघीका परिकारहरु (ढिकरी, तिलको लडु, लाई, माछा, मासु आदी) खाने गरिन्छ । साँझ देखि समूह समूह बनाई घर घरमा गई मघौटा नाचगान गर्ने गरिन्छ । २ गने घरमुलीको बीचमा माघी देवानी शुरु हुन्छ । यसरी खानपिन, नाचगान तथा अन्य कार्यहरु १५ दिनसम्म विभिन्न तरिकाले मनाउने गरिन्छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*