तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मकवानपुरको सम्झना मेलामा प्रदर्शन हुने

२८ पुष २०७५, शनिबार ०२:३३
Semrin Mula Maya_Murchunga TV Premier

मकवानपुर, २८ पुस । चर्चित तामाङ कथानक चलचित्र ‘सेमरिन मुला माया’ मकवानपुरको सम्झना मेलामा प्रदर्शन हुने भएको छ । तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्र मकवानपुरको बागमती गाउँपालिका स्थित माझगाउँमा आउँदो माघ १ गतेदेखि ३ गतेसम्म हुने सम्झना मेलामा प्रदर्शन हुने भएको चलचित्रका निर्देशक तथा नायक संजय लामाले बताए ।

प्रत्येक वर्ष माघको १ गतेदेखि ३ गतेसम्म सम्झना मेला हुनेगर्दछ । उक्त भेगमा तामाङको बाहुल्यता भएको कुरालाई मध्यनजर गर्दै चलचित्र देखाउन थालिएको आयोजक मध्येका विवेक तामाङ र सागर तामाङले बताए । मेलामा चलचित्रको मुख्य कलाकार संजय लामा सहित कलाकार टोलीको सहभागिता रहने बताइएको छ ।
यो पनि हेर्नुहोस्–
नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’
जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा
तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक
चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो पश्चात काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन गरिएको थियो । विभिन्न शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।

‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ । हेर्नुहोस् चलचित्रको ट्रेलर–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*