‘गुम्बा बिहार पुननिर्माणको ६ बुँदे सहमति कार्यान्वयनमा पुनर्निर्माण प्राधिकरण पछि हट्यो’

काठमाडौं, पुस २७ । नेपाल गुम्बा विहार महासंघले भुकम्पले क्षतिग्रस्त गुम्बा विहार पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले गरेको पछिल्लो निर्णय त्रुटिपूर्ण र हचुवाको भरमा आएको ठोकुवा गरेको छ । यस अघि महासंघ र सम्वन्धित निकायकाबिच भएको ६ बुँदे सहमति विपरित प्राधिकरणको निर्णय आएको र सो निर्णय गैरजिम्बेवारपूर्ण भएको ठहर गर्दै महासंघले उक्त निर्णय अमान्य भएको बताएको छ ।
गत शनिबार महासंघको केन्द्रीय कार्यसमतिले गरेको निर्णय अनुसार ‘२०७४ भदौ २५ मा भएको ६ बुँदे सम्झौताको मर्म र भावना विपरित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १०० वर्ष भन्दा कम अवधिका र २ हजार वर्ग मिटर भन्दा कम क्षेत्रफल भएका गुम्बाको हकमा ५० प्रतिशत रकम स्थानीय तह र गुम्बा विहार उपभोक्ता समितिले जुटाउने व्यवस्था मिलाउने भन्ने विषय प्रति महासंघले गम्भिर आपत्ति जनाएको हो ।
यसै गरी बैठकले पुर्ननिर्माण प्राधिकरणको पछिल्लो निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यस सम्वन्धमा स्थानीय सरकराहरुको धारणा बुझ्न महासंघकै केन्द्रीय प्रतिनिधिहरु रहनेगरी धारणा संकलनका लागि जिम्मेवारी समेत तोकेको छ । यसका लागि ओखलढुंगार सोलुखुम्बुका लागि ङिमा रिन्जी शेर्पा, संखुवासभा–सिन्धुपाल्चोकका लागि मिङ्मार लामा र काले शेर्पा, काभ्रे–भक्तपुरका लागि रामेश्वर ढकाल र सरस्वती वैद्य, काठमाडौँका लागि सूर्यमान तामाङ, नुवाकोटका लागि जित बहादुर लामा, मकवानपुरका लागि अस्मिता लामा, दिपक सिङ्तान, धादिङका लागि दोर्जे गुरुङ, ललितपुरका लागि सानुबाबु लामा, सिन्धुली, चितव, गोरखा र रसुवाका लागि सोम्बले तामाङ र दिपक दोर्जे लामा, दोलखाका लागि सोम्बले तामाङ, दिपक दोर्जे लामा र मिङमार लामालाई जिम्बेवारी तोकिएको छ ।
उक्त त्रुटिपूर्ण निर्णय सच्चाउन महासंघ बैठकले जोडदार माग गरेको छ । बौद्ध धर्मावलम्बिहरुको आस्था र भरोसाको केन्द्र गुम्बा, विहारहरुलाई पुनःनिर्माणमा नेपाल सरकारले देखाएको गैरजिम्मेवारी र विभेदकारी निर्णय सच्चाउँदैं ६ बुँदे सम्झौता अनुसार कार्य गर्न आग्रह गर्दै प्राधिकरणका प्रमुख अधिकृतलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको महासंघका सचिव दिपक दोर्जे लामाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)