३ दिने स्वस्ती शान्ति तथा छेवाङ पुजा सकियो

हेटौँडा, २७ पुस । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा भएको ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रमको अवलोकन गरेका छन् । पुजाको अन्तिम दिन शुक्रबार उनले अवलोकन गरेका हुन् ।
बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भएको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले बरभञ्ज्याङमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माण कार्यलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धत्ता जाहेर गरे । बरभञ्ज्याङदेखि मकवानपुरगढीसम्म जाने नयाँ ट्रयाकको सडकमा त्रिरत्न बुद्धको मुर्ति तथा शिवगणेशको मुर्ति स्थापना गर्न लागिएकोमा आफु निकै खुशी भएको समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवम् मकवानुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनले बरभञ्ज्याङमा भएको मुर्ति शिलान्यासले मुर्तरुप पाउने बताए । गाउँपालिका र वडा कार्यपालिकाले उक्त स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न कुनै कसर नछोड्ने समेत उनले बताए । पुजाको अन्तिम दिन छेवाङ थाप्नका लागि करिब १ हजार भक्तजनहरुको सहभागि भएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले बताए । छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गरेका थिए ।
३ दिनमा करिब २ हजार भक्तजनहरुले पुजामा सहभागिता जनाएको पुजाका संयोजक एवम् नेपाल तामाङ घेदुङका संघीय सदस्य पाल्साङ बज्र लामाले जानकारी दिए । तामाङकै अध्यक्षतामा भएको समापन कार्यक्रममा पुजाका सहयोगी दाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । पुजामा कुल ११ लाख ६५ हजार रुपैयाँ सहयोग रकम संकलन भएको छ भने ५ लाख ५ हजार २ सय रुपैयाँ खर्च भएको बताइएको छ ।
यस अघि नै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले बुधबार छेवाङको उद्घाटन गरेका थिए । छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको थियो । साथै दोस्रो दिन प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङ र नेपाल तामाङ घेदुङका मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलानले पुजाको अवलोकन गरेका थिए ।
यो पनि पढ्नुहोस्–
बरभञ्ज्याङको छेवाङ पुजामा उपसभामुख राधिका तामाङ
बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढीसम्म एक गुम्बा सहित त्रिरत्न मुर्ति र शिव–गणेश मुर्तिको शिलान्यास
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)