बरभञ्ज्याङको छेवाङ पुजामा उपसभामुख राधिका तामाङ

२६ पुष २०७५, बिहीबार १०:३२
Radhika Tamang Barbhanjyang Chhewang-Murchunga TV 1

हेटौँडा, २६ पुस । प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा जारी ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रमको बिहीबार अवलोकन गरेकी छिन् । बुधबारबाट सुरु भएको कार्यक्रममा उनले दोस्रो दिन सहभागिता जनाएकी हुन् ।

Radhika Tamang Barbhanjyang Chhewang-Murchunga TV 2

बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भइरहेको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी तामाङले बरभञ्ज्याङमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माण कार्यलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । ‘मकवानपुरगढीको विकास र बरभञ्ज्याङमा भएको पर्यटकीय स्थल निर्माणको प्रयासलाई म व्यक्तिगत रुपमा समेत सहयोग गर्न तयार छु’, उनले भनिन्, ‘प्रदेश सरकारले समेत यसलाई सक्दो सहयोग गर्नेछ ।’

Radhika Tamang Barbhanjyang Chhewang-Murchunga TV 3

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवम् नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले बरभञ्ज्याङमा त्रिरत्नको मुर्ति स्थापना गर्न लागिएकोमा खुशी व्यक्त गर्दै घेदुङले सदैव सहयोग गर्न तत्पर रहेको बताए । पुजामा बिहीबार उद्घाटनको समयमा भन्दा भक्तजन बढेको प्रचारप्रसार संयोजक राज स्याङ्तानले बताए । बिहीबार महायज्ञ र अन्तरभाव (भार्दो) सम्बन्धी विषयमा धर्मगुरुहरुबाट प्रवचन भएको थियो ।

Kumar Ghalan Barbhanjyang Chhewang-Murchunga TV 2

पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २७ गते शुक्रबार अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।

Kumar Ghalan Barbhanjyang Chhewang-Murchunga TV 1

यस अघि नै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले बुधबार छेवाङको उद्घाटन गरेका थिए । छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको थियो ।
यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*