बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढीसम्म एक गुम्बा सहित त्रिरत्न मुर्ति र शिव–गणेश मुर्तिको शिलान्यास

‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा छेवाङ’ सुरु
२५ पुष २०७५, बुधबार १२:४७
Chhewang Trimurti Shilanyas-Murchunga TV 7
‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा छेवाङ’ सुरु

–चन्द्र घलान, हेटौँडा, २५ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम बुधबारबाट सुरु भएको छ । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले छेवाङको उद्घाटन गरेका हुन् । छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले जानकारी दिए ।

Chhewang Trimurti Shilanyas-Murchunga TV 8

प्रमुख अतिथि, विशेष अतिथि र लामा गुरुहरुबाट गुम्बासहित ४ भिन्न–भिन्न स्थानमा गुरु त्रिरत्न मुर्ति (रिम्पोर्छे, आर्य अवता लोकेश्वर्य, अमिता बुद्ध) र शिव गणेशको मुर्तिको पनि शिलान्यास गरिएको हो । बरभञ्ज्याङदेखि मकवानपुरगढी दरबारसम्म पुग्ने बाटो आसपासका क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उदेश्यसहित मुर्तिको शिलान्यास गरिएको मुल समारोह समिति संयोजक पाल्साङ बज्र लामा तामाङले जानकारी दिए । आउँदो १० वर्षभित्रमा ती मुर्तिहरु स्थापना गरिसक्ने लक्ष्य राखिएको छ ।

Indra Baniya-Murchunga TV 6

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले प्रतिमाहरु स्थापना तथा सो बाटोको स्तरिकरणको लागि आगामी वर्ष बजेटको समेत विनियोजन गर्न आफु तयार रहेको बताए । ‘म वडाअध्यक्ष ज्यूलाई पनि आग्रह गर्छु, मलाई यसबारेमा सम्झाउन नबिर्सनु होला, म आगामी वर्ष यो योजनाको लागि बजेट पार्ने तयारी गर्नेछु’, बानियाँले भने, ‘म यस योजना बारे संसदमा समेत कुरा राख्नेछु ।’

Indra Baniya-Murchunga TV 5

कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिनले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि आफु सक्दो लागिपर्ने बताए । मकवानपुरगढी सहितको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने वडाको योजना रहेको बताउँदै उनले सबै स्थानियलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गरे ।

Bakhanshing Pakhrin-Murchunga TV

पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । पुस २६ गते बिहीबार महायज्ञ र अन्तरभाव (भार्दो) सम्बन्धी विषयमा धर्मगुरुहरुबाट प्रवचन हुनेछ भने प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहनेछ । त्यस्तै २७ गते अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।

संयोजक पाल्साङ बज्र लामा तामाङको अध्यक्षता तथा सांसद बानियाँको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा वडाअध्यक्ष पाख्रिनसहित अर्जुन दाहाल, शेरमान तामाङ, शिवप्रसाद न्यौपाने, टोल विकास संयोजक हर्षबहादुर स्याङ्तान, शिवप्रसाद पुडासैनी, सुदारजित गोले, मीना लामा, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, रेडियो ताम्सालिङका दिलबहादुर लामा, युवा अभियान्ता सुवाश लामा लगायतको आतिथ्यता रहेको थियो ।
यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*