मनहरीका विरबहादुर वाईबा सहयोग माग्दै

२५ पुष २०७५, बुधबार ००:५४
Bir Bahadur Waiba-Murchunga TV

हेटौँडा, २५ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का मृगौला रोगबाट पीडित वीरबहादुर वाईबाले आफ्नो उपचारको लागि सहयोगको अपिल गरेका छन् । २६ वर्षीय वाईबाले गरिव भएकै कारण आफ्नो उपचार हुने संभावना कम भएपछि आफुलाई बचाईदिनको लागि आग्रह गरेका हुन् ।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मृर्गौला रोगका पीडित वाईवाले आफुलाई आर्थिक सहयोग गरि बचाईदिनको लागि आग्रह गरेका हुन् । एक वर्षबाट हेटौँडामा मृर्गौलाको उपचार (डाइग्लोसिस) गर्दै आएका वाईबा अब आफुसँग उपचार गर्न पैसा नभएको र घरमा बसेर मृत्युको प्रतिक्षा गर्नुको विकल्प नभएको भन्दै उपचारको लागि आर्थिक सहयोगको लागि उनले आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा पीडित वाईबाका बुबा आशाकाजी वाईबाले आफ्नो २६ वर्षको छोरालाई बचाईदिन आग्रह गरे । उनले भने ‘हामी निकै गरिब मान्छे, जम्मा दुई कठ्ठा जमिन मात्र छ, मैले गर्नसक्ने सबै गरिसकेँ , अब सक्दिन, अब तपाईहरुले सहयोग गर्नुभयो भने मेरो छोरा बाँच्न सक्छ ।’ छोराको उपचारको लागि हालसम्म ९ लाखभन्दा धेरै सकिएको भन्दै उनले अब आफुले उपचार गर्न नसक्ने समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संविधानसभाका सांसद राजाराम स्याङ्तानले एक गरिब तथा पैसाकै कारण उपचार गर्न नसकेको ब्यक्तिलाई सहयोग गर्नको लागि सम्पूणमा आग्रह गरे । उनले देश तथा विदेशमा बस्ने नेपालीहरुमा वाईबाको ज्यान बचाउन सकेकोजत्ति रकम सहयोगको लागि आग्रह समेत गरेका छन् । वाईवालाई सहयोग गर्न चाहानेहरुले आशाकाजी वाईवाको नाममा रहेको नेपाल एसविआई बैंकको खाता नंबर २००१५२४०७०२१९६ सहयोग गर्न सक्नेछन् ।

यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*