मनहरीको साङ्गा छ्योइफेल गुम्बामा शान्ति पार्क निर्माणमा जोड

२४ पुष २०७५, मंगलवार १४:१९

मकवानपुर, २४ पुस । मकवानपुरको मनहरी गाँउापालिका वडा नम्बर ७ मा रहेको साङ्गा छ्योइफेल गुम्बा परिसरमा सोमबार विविध विषयमा छलफल भएको छ । गुम्बा परिसरमा भएको छलफलमा गुम्बा परिसरमा शान्ति पार्क निर्माण पिकिनिक स्पोट निर्माण ,गुम्बाको संरक्षण , संबद्र्धन लगायतका विषयमा राय लिइएको छ ।

छलफलमा सहभागीहरुले गुम्बा परिसरमा तत्काल शान्ति पार्क निर्माणमा जोड दिइएको मनहरीबाट जयराम मोक्तानले जानकारी दिए । छलफल कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गुम्बा तथा गुम्बा परिसरको विकासका लागि गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसै गरी सोनाम ल्होछारको अबसरमा पिकनिक कार्यक्रम आयोजना गरिनुका साथै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखिएको गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष गौतम लामाले जानकारी दिए ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ७ नम्बर वडाका अध्यक्ष ठाकुर राम तितुङ, पत्रकार शिवकुमार काशी, खेल प्रशिक्षक लवाङ दोर्जे लामा लगायतको उपस्थिती रहेको थियो ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*