मकवानपुरगढीमा पुस २५ गतेदेखि ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम हुने

हेटौँडा, २३ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम हुने भएको छ । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा यही पुस २५ गतेदेखि २७ गतेसम्म कार्यक्रम गर्ने तयारी गरिएको मुल समारोह समिति संयोजक तथा नेपाल तामाङ घेदुङका संघिय सचिव पाल्साङ बज्र लामा तामाङले जानकारी दिए ।
सोमबार हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै लामाले शान्ति र पर्यटन प्रर्बद्धनको लागि कार्यक्रमको आयोजना गरिएको बताए । त्रिदिवसीय कार्यक्रम सफल बनाउनका लागि पाल्साङ बज्र लामा तामाङको संयोजकत्वमा १ सय २५ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ । समितिको उपसंयोजकमा इन्द्रबहादुर गोले तामाङ, सचिवमा प्रितमराम रुम्बा र सदस्यहरुमा मोहनराज स्याङ्तान, राजवीर मोक्तान, बलबहादुर थिङ, धनबहादुर थिङ र शुकराज घिसिङ चयन भएका छन् ।
त्यस्तै आर्थिक संयोजक सानुकान्छा थिङ, प्रचारप्रसार विभाग संयोजक राज स्याङ्तान, पुजा विभाग संयोजक पृथ्वी दोङ, अतिथि सत्कार विभाग संयोजक चतुरमान घलान, स्वयमसेवक संयोजक प्रेम भोम्जन, व्यवस्थापन समिति संयोजक कुमार गोले र खाद्य तथा चियापान व्यवस्थापन संयोजक बुद्धिमाया थिङ चयन भएका छन् ।
प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रममा धर्मगुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेबाट छेवाङ (दिर्घायु अभिषेक) समेत हुने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, मुल समारोह सचिव प्रितम रुम्बा, आर्थिक विभाग प्रमुख सानोकान्छा थिङ, पूजा व्यवस्थापन संयोजक पृथ्वी लामा, डोदोन छाईलिङ गुम्बाका कार्यकारी सचिव होईसेल दोर्जे लामा, चतुरमान घलान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रचारप्रसार संयोजक राज स्याङ्तानको अध्यक्षतामा भएको हो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)