विपद कोष व्यबस्थापन सञ्चालन कार्यविधि पास, प्राकृतिक प्रकोपबाट मृत्यू भएका परिवारलाई क्षतिपुर्ति दिईने

२० पुष २०७५, शुक्रबार ०१:५३
Bipad Province 3-Murchunga TV

हेटौंडा, २० पुस । ३ नम्बर प्रदेशको प्रदेश बिपद कोष व्यबस्थापन सञ्चालन कार्यविधि २०७५ संशोधन सहित पास भएको छ । प्रदेश विपद व्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहिबार बसेको बैठकले संसोधन सहित कार्यविधि पास गरेको हो ।

बैठकले प्राकितिकप्रकोपबाट मृत्यू भएका परिवारलाई क्षतिपूर्ति तथा अन्य धनजन क्षति भएकाहरुलाई राहत सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा बोल्दै मुख्यमन्त्रीपौडेलले पिडित परीवारलाई सरकारले अवस्था हेरेर सहयोग गर्ने बताए । ३ तहको सरकारबाट नै सहयोग उपलब्ध हुने भएकोले नदोहोरीने गरी राहतउपलब्ध हुने उनको भनाई थियो ।

निर्देशक समितिमा मुख्यमन्त्री अध्यक्ष, आन्तरिक मामिला तथा कानुन मन्त्रीउपाध्यक्ष हुने व्यबस्था छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री, भौतिक पूर्वाधार मन्त्री, उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्री, सामाजिक विकास मन्त्री, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री, प्रदेश सभाका विपक्षी दलका नेता, प्रदेशका प्रमुख सचिब, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरु सदस्य हुने व्यबस्था रहेको छ । त्यसैगरी प्रदेश सभाका सदस्य एक जना महिला सहित ३ जना, विपदका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट एक जना महिला सहित २ जना सदस्य हुने व्यबस्था रहेको छ ।

आगामी बैठकबाट ५ जना सदस्यहरु मनोनित हुने समितिका उपाध्यक्ष एबम् आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । बैठकमा उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीतितथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ सहभागी थिए ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*