गायिका सेलिना कुँवर पाश्र्व गायनको उत्कृष्ट ५ मा छनौट

हेटौँडा, २० पुस । चर्चित गायिका सेलिना कुँवर ‘हिमालयन अन्तराष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१९’ को उत्कृष्ट पाश्व गायनतर्फ नोमिनेसनमा परेकी छिन् । ‘बेस्ट प्ले ब्याक सिंगर फिमेल’ विधामा उनी उत्कृष्ट ५ को छनौटमा परेकी हुन् ।
चलचित्र ‘नेप्टे’ को ‘दिलरानी’ बोलको गीतबाट उनी नोमिनेसनमा परेकी हुन् । गीतमा सेलिनासँगै चर्चित अग्रज गायक उदितनारायण झाले आवाज दिएका छन् । यमनाथ मैनालीको शब्द रहेको गीतलाई सन्तोष राजले संगीत दिएका हुन् । यो सामाग्री तयार पार्दाको समयमा गीतलाई करिब १० लाख पटक हेरिएको छ ।
हिमालयन नेपाली ईभेन्ट्स् प्रालिको आयोजनामा हुन थालेको उक्त अवार्ड कार्यक्रममा आफु दर्शक श्रोताकै मायाका कारण नोमिनेसनमा परेको भन्दै उनले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी छिन् । सेलिनाले तिमीलाई दुख्दा, मेरो धड्कन, कम्मर मर्काउँदै, आई लभ यु, फुलैसरी फुल्ने माया, क्या जवानी लगायत अन्य थुप्रै चर्चित गीतहरुमा आवाज दिएकी छिन् ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)