आदिवासी पत्रकारको प्रदेश १ समिति गठन, राईको संयोजकत्वमा आयोजक समिति गठन

१७ पुष २०७५, मंगलवार १४:१५
FONIJ Pradesh 1-Murchunga TV

इलाम, १७ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नम्बर १ को सम्मेलन आयोजक समिति मंगलवार इलामको लारुम्वा माङ्सेवुङमा गठन भएको छ । फोनिजको नयाँ विधानको कार्यविधि अनुसार प्रदेश इन्जार्ज दिपिन राईको संयोजकत्वमा जिल्ला अध्यक्षहरु सदस्य रहने गरी प्रथम सम्मेलन आयोजक समिति गठन हुने व्यवस्था भएबमोजिम राईको संयोजकत्वमा प्रदेश १ को प्रथम सम्मेलन आयोजक समिति गठन भएको हो ।

किराँती समुदायको धार्मिक केन्द्रको रुपमा रहेको माङ्सेवुङ्ग गाउँपालिका ५ स्थित लारुम्बामा भएको आदिवासी जनजातिहरुको भेलाले सम्मेलन तयारी समिति गठन गरेको हो । भेलामा फोनिजको संघीय सचिव कमन देवान, गाउँपालिका उपप्रमुख सुनिता सुब्बा, ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई, आत्मनन्द सेइङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख आङबुहाङ अवोद अविरल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विधानको कार्यविधि अनुसार प्रदेशभरका जिल्ला अध्यक्षहरु दिनेश सुब्बा (मोरङ) राम योङहाङ (इलाम), सन्तवीर लामा (धनकुटा), दिनेश लिङ्खिम (ताप्लेजुङ्ग) टिआर सेनेहाङ (तेह्रथुम), गणेश साम्पाङ (पाँचथर) विशाल नेम्वाङ्ग (झापा) धिरेन्द्र चौधरी (सुनसरी), राजन राई (भोजपुर) शुभराज राई (उदयपुर) कुम्भराज राई (ओखलढुङ्गा), नवीन गुरुङ (संखुवासभा) लगायतका रहेका छन् ।

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*