मकवानपुरको चेपाङ छात्रावासमा न्यायो कपडा वितरण

हेटौँडा, १७ पुस । मकवानपुरको एक चेपाङ छात्रावासमा न्यानो कपडा वितरण गरिएको छ । माईती नेपाल मकवानपुर शाखा प्रमुख माया लामाको पहल र गायक प्रकाश पौडेलको सहयोगसहित मकवानपुरका अन्य सामाजिक संस्थाहरुको पहलमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
कामको सिलसिलामा मकवानपुरको राक्सिराड्ड गाउँपालिका पुगेका लामाले उक्त स्थानको चेपाङ छात्रावासमा जाडोले कठ्याङ्ग्रदै बसेका छात्राछात्राहरु देखिन् । आफ्नो एकल प्रयासले केही नलाग्ने भएपछि साँझ घर फर्केर उनले यो कुरा सामाजिक सञ्जालमार्फत आफ्ना स्कुले दौतरीहरुसंगको ग्रुप च्याटमा साझा गरेकी थिईन् । उनको सहयोग गर्ने प्रस्तावलाई वैदेशिक रोजगारीका सिलसिलमा आबुधाबीमा बस्दै आएका गायक पौडेलले साथ दिएका हुन् ।
गायक पौडेलले एकल लगानीमा २६ थान सिरक दिन तयार भएका थिए । लामा र पौडेलबाट सुरु भएको सहयोग पहल अन्तत सफल भएको हो । राक्सिराङ गाउँपालिका, राक्सिराङ स्वास्थ्य चौकी, हिमराइट्स मकवानपुर लगायतको समन्वय तथा सहयोगमा छात्रावासमा सिरक, म्याट्रेस, तकिया, तन्ना, तथा न्यानो स्वीटरहरु वितरण गरिएको छ । गाउँमै पुगेर सहयोग सामग्री वितरण गरेको माया लामाले बताईन् ।
न्यायो सामग्री वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, सूर्यदय माविका अध्यक्ष चित्रबहादुर थापा, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रनानि दिपा कार्की, हिमराइटस मकवानपुर शाखा कार्यक्रम प्रमुख कुमारी वाइवा, शक्ति समुह क्षेत्रीय कार्यक्रम संयोजक अस्मिता तामाङ लगायतको उपस्थिती रहेको थियो ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)