नेपाल तामाङ घेदुङको हेटौँडा १५ मा वडा कमिटि गठन, बकैयामा पनि कमिटि गठन

हेटौँडा, १५ पुस । नेपाल तामाङ घेदुङ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ को प्रथम वडा सम्मेलनले अध्यक्षमा दोर्जे लामा (विशाल) लाई सर्वसम्मत चयन गरेको छ । कमिटिको उपाध्यक्षमा अशोक लामा वाईबा र बुना वाईबा चयन भएका छन् ।
त्यस्तै कमिटिको सचिव राजेन्द्र घलान, सह–सचिव प्रताप डिमडुङ, कोषाध्यक्ष बिमला वाईबा र सदस्यहरु तेजबहादुर पाख्रिन, तिर्थमाया स्याङ्तान, हरिबहादुर पाख्रिन र दिलबहादुर बज्यु चयन भएका छन् । त्यस्तै महिला घेदुङ प्रमुख राधिका स्याङ्तान र युवा घेदुङ प्रमुख नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । वडा कमिटिको सल्लाहकारहरुमा प्रेमबहादुर भोम्जन, बमबहादुर थिङ र चम्फुसिङ वाईबा चयन भएका छन् ।
रातमाटेमा अवस्थित दिव्यसेवा वृद्धाश्रममा भएको सम्मेलन नेपाल तामाङ घेदुङ हेटौँडा उपमहानगरपालिका अध्यक्ष भिमलाल लामाको सभाध्यक्षता तथा घेदुङका केन्द्रीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम राजेन्द्र घलानले सञ्चालन गरेका थिए ।
बकैयामा तामाङ घेदुङको वडा कमिटि गठन, गुम्बा बिहार संरक्षण संघमा पनि नयाँ नेतृत्व
त्यस्तै बकैया गाउँपालिकाको वडा नम्बर १ मोरङ्गेमा पनि तामाङ घेदुङको वडा कमिटि गठन भएको छ । बकैया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बुद्धिबहादुर वाईबाको प्रमुख आतिथ्यतामा भएको भेलाले सुकमान गोले अध्यक्ष रहने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै देबेन्द्र बहादुर थिङ अध्यक्ष रहने गरी ११ सदस्यीय गुम्बा बिहार संरक्षण संघको बकैया गाउँपालिका वडा नम्बर १ कमिटि चयन गरिएको छ ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)