
नायक सागर घिसिङ ‘तिङ मी ढुकढुक’ बाट उत्कृष्ट अभिनेताको नोमिनेसनमा

हेटौँडा, १५ पुस । तामाङ चलचित्रका चर्चित नायक सागर घिसिङ ‘हिमालयन अन्तराष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१९’ को उत्कृष्ट अभिनेताका रुपमा नोमिनेसनमा परेका छन् । दर्शकहरुमाझ लोकप्रिय बन्न सफल तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उनी ‘बेष्ट तामाङ मूभि सङ एक्टर’ बिधा अन्तर्गत नोमिनेसनमा परेका हुन् ।
हिमालयन नेपाली ईभेन्ट्स् प्रालिको आयोजनामा हुन थालेको उक्त अवार्ड कार्यक्रममा आफु दर्शककै मायाका कारण नोमिनेसनमा परेको भन्दै उनले सामाजिक सञ्जालमार्फत दर्शकहरुलाई धन्यवाद दिएका छन् ।
‘तिङ मी ढुकढुक’ बोलको गीतलाई तामाङ चलचित्रका गीतहरुमध्ये अहिलेसम्मकै सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा ३६ लाख ३ हजारभन्दा बढी पटक हेरिएको छ । २ हजार ८ सयभन्दा बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)