
हुप्रचौरमा सोमबार बिपी कपको फाईनल भिडन्त, बकैया र हेटौँडा भिड्ने

हेटौंडा, १५ पुस । हेटौँडाको हुप्रचौरमा जारी प्रथम बिपी कप फुटबल प्रतियोगिता२०७५ को फाईनल भिडन्त हुने भएको छ । फाईनलमा बकैया गाउँपालिका फुटबल टिम र हेटौंडा वडा नम्बर ४ भिड्ने भएका छन् ।
आइतबार भएको सेमिफाइनल खेलमा बकैयाले हेटौंडा वडा नम्बर १ लाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । बकैयाका राजन सापकोटा र सुरेन्द्र राईले क्रमशः ३ र ४० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हेटौंडा वडा नम्बर ४ ले वडा नम्बर ९ लाई पराजित गरेको थियो । वडा नम्बर ४ ले हेड टु हेडमा जित हासिल गरेको हो । निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा पुगेको खेलमा ४ नम्बर वडाले ६–५ को गोल अन्तरले ९ नम्बर वडालाई पराजित गरेको हो ।
नेपाल लोकतान्त्रिक खेलकुद महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो