हेटौँडाको रेडियो सन्देशले विज्ञापनदातालाई फागुनमा विदेश लाने

१५ पुष २०७५, आईतवार १२:५०
Radio Sandesh-Murchunga TV

हेटौँडा, १५ पुस । मकवापनुरको हेटौँडामा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत रेडियोका बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने भएको छ । थाईल्याण्डमा रेडियोले आफ्नो शुभारम्भको विषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव समेत गर्नेछ ।

आईतबार हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले यसबारेमा जानकारी दिए । बिज्ञापनदाताहरुलाई २०७६ बैशाखमा निशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नैं घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संङ्ख्या धेरैं भएको कारण २ महिना अघि नैं बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यही फागुन २३ गतेदेखी २७ गतेसम्म थाईल्याण्ड भ्रमण हुन लागेको हो ।

थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिईने जानकारी दिईएको छ । खड्काले आफ्ना स्वर्गिय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको ‘रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार’ र वर्ष ब्यक्ति सम्मान समेत विषेश कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताए । भ्रमणमा करिब ३ दर्जन विज्ञापनदाता सहभागी हुनेछन् । कार्यक्रममा सहभागि हुन मकवानपुरे पत्रकार सहित ६० जनाको हारहारीमा फागुन २३ गते प्रस्थान गरिनेछ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चार क्षेत्रले विदेशमा गएर कार्यक्रमहरु गर्नु सुखद पक्ष भएको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगाएतको आतिथ्यता रहेको थियो ।

१ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने उद्घोष समेत गरिएको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको अध्यक्ष खड्काले जानकारी दिए । निकास साप्ताहिक १५ बर्षअघि प्रकाशन आरम्भ गरिएको हो । त्यस्तै रेडियो सन्देश गएको असोज १ गतेदेखि प्रसारणमा आएको हो ।
यो पनि हेर्नुहोस्

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*