मिस तामाङ पोखरामा सजना वाईबा, मकवानपुरकी जेमेना पनि प्रतिस्पर्धामा

१३ पुष २०७५, शुक्रबार १४:५२
Miss Tamang Pokhara Sajana Waiba & Jemena Ghissing-Murchunga TV

हेटौँडा, १३ पुस । मिस तामाङ पोखरा २०१९ मा रामेछापकी सजना वाईबा सहभागी भएकी छिन् । रामेछाप घर भएता पनि भक्तपुरमा बस्दै आएकी वाईबाले मिस तामाङ पोखराको ताज जित्ने उदेश्यका साथ प्रतियोगितामा सहभागी भएकी हुन् ।

साहित्यकार समेत रहेकी उनी अध्ययन, लेखनका साथै उद्घोषणमा विशेष रुचि राख्छिन् । उनले एक समाजसेवी भई कार्य गर्ने लक्ष्य रहेको बताएकी छिन् । उनले प्रतियोगिताका लागि परिचयात्मक भिडियो समेत तयार पारेकी छिन् । हेर्नुहोस् भिडियो–

मिस तामाङ पोखरा २०१९ मा नुवाकोट घर भई पोखरामा बस्दै आएकी आसा तामाङ, काभ्रेपलाञ्चोककी अस्मिता मोक्तान, पोखरामा बसोबास गर्दै आएकी मिनु थोकर, मकवानपुरमा घर भई सानेपामा बस्दै आएकी जेमेना घिसिङ, काठमाडौँकी रिता लोप्चन, पोखरा बुद्ध चोककी सुमी तामाङ, बिरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङ्बो, बिरौटाकी सुष्मा लोप्चन, लामा गाउँकी श्वेता पाख्रिन, घारीपाटनकी रिस्ता घिसिङ, बिरौटाकी बिनिशा तामाङ, रत्नचोककी अमृता तामाङ र नालामुखकी प्रिती तामाङ लगायतका १५ जना प्रतिस्पर्धीहरु सहभागी छन् । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होछारका अवसरमा गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । माघ १२ गते प्रतियोगिताको फाईनल हुनेछ ।
मकवानपुरकी जेमेनाको भिडियो हेर्नुहोस्–

प्रतियोगितको विजेताले ताज, प्रमाणपत्र र ट्रफी सहित नगद ५० हजार नगद पुरस्कार दिईनेछ । साथै म्यूजिक भिडियोमा समेत अभिनयको अवसर दिईनेछ । साथै फस्ट र सेकेण्ड रनर अप सहित अन्य विधामा विजयी हुनेलाई पनि पुरस्कारको व्यवस्था छ । सन् २०१६ बाट सुरु भएको प्रतियोगितामा सन् २०१६ को संस्करण निमा लामा, सन् २०१७ मा दिप्ती गोम्जा र सन् २०१८ मा कविता बोम्जनले ताज पहिरिन सफल भएकी थिईन् ।

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*