कांग्रेसले मेलमिलाप दिवसमा हेटौँडामा र्याली गर्ने, सामाजिक सेवा संयोजकमा भिमसेन महत

१३ पुष २०७५, शुक्रबार ११:०८
Bhimsen Mahat-Murchunga TV

हेटौंडा, १३ पुस । नेपाली कांग्रेस मकवानपुरले मेलमिलाप दिवसका अवसरमा यही पुस १६ गते हेटौँडामा र्याली तथा कोणसभा गर्ने भएको छ । काँग्रेस मकवानपुरको जिल्ला पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले पुस मेलमिलाप दिवस भव्यरुपमा मनाउने निर्णय गरेको हो । बैठकले जिल्ला सदस्य भीमसेन महतलाई गैरसरकारी संस्था तथा सामाजिक सेवाको संयोजक समेत तोकेको छ ।

नेपाली कांग्रेस मकवानपुरको सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उपस्तिथिमा बसेको बैठकले मेलमिलाप दिवसको दिन जिल्ला पार्टी कार्यालय मकवानपुरबाट विहान ११ बजे र्यालीसहित बुद्धचोकमा गएर कोणसभा गर्ने निर्णय गरेको हो ।
Nepali Congress-Murchunga TV

त्यसैगरी पदाधिकारी बैठकले जिल्ला समितिबाट गठित विभिन्न विभागहरुको कार्यविधि बनाउन जिल्ला सचिव आनन्द कठायतको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा कांग्रेस मकवानपुरका पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापतिहरु, नगर सभापति तथा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूखहरुको सभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*