प्रजिअ अस्मान तामाङले दिए ७२ वर्षीय चन्द्रज्योति भोलनलाई नागरिकता

१२ पुष २०७५, बिहीबार १४:१४
Tamang Nagarikta-Murchunga TV

हेटौँडा,१२ पुस । मकवानपुरकी चन्द्रज्योति भोलनले ७२ वर्षमा नागरिकता प्राप्त गरेकी छिन् । पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ की भोलनले बिहीबार नागरिकता पाएकी हुन् । बकैया गाउँपालिकाको पनि निकै विकट स्थानमा रहेको वडा नंबर १ महादेव डाँडामा बिहीबार भएको नागरिकता वितरण शिविरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उनलाई नागरिकता वितरण गरेका हुन् ।

नागरिकता नपाउँदै मरिन्छकी भन्ने पिरमा बाँचीरहेकी उनको नागरिकता पाउने सपना पुरा भएको छ । नागरिकता दिन आएकोमा जनप्रतनिधि तथा प्रमुख जिल्ला अधिकारी तामाङलाई धन्यवाद समेत ब्यक्त गरिन् । प्रजिअ तामाङ सहितको प्रशासनको टोली, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहितको गाउँपालिकाको जनप्रतिनिधिहरुको टोली तथा जिल्ला निर्वाचन कार्यालय मकवानपुरको टोली बिहीबार शिविरको लागि बकैयामा पुगेको थियो ।

नागरिकता टोलीले बकैया १ का १ सय २७ जनालाई नागरिकता वितरण गरेको छ । त्यस्तै ९४ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । शुक्रबारसम्म सञ्चालन हुने शिविरमा ५ सय भन्दा धेरैले सेवा लिने अनुमान गाउँपालिकाले गरेको छ ।
(खबर ब्रेकको सहयोगमा)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*