मकवानपुरमा मगर संघ नेवा–ताम्सालिङ समितिको माग–‘माघे संक्रान्तिमा बिदा’

१२ पुष २०७५, बिहीबार १३:५८
Magar Sangh-Murchunga TV

हेटौँडा,१२ पुस । नेपाल मगर संघ प्रदेश नंबर ३ नेवा स्ताम्सालिङ समिति तथा मकवानपुर जिल्ला समितिले माघ १ गते मनाईने माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिन माग गरेका गरेका छन् ।

बिहीबार हेटौँडामा अवस्थित हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले मगरहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको माघे संक्रान्तिमा विदा दिन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारुमगरले आफुहरुलाई सरकारले हेपेको र होच्याउने काम गरेको बताए । मुलुक धर्म निरिपेक्ष भएको अवस्थामा पनि आफुहरुको समुदायको सबैभन्दा महत्वपूर्ण पर्वको विदा कटौती गरेकोमा उनले सरकारको गम्भिर ध्यानाकर्षण गरे ।

आफुहरुले नेपालको सबैखाले परिवर्तनको लागि लडेको र लडाईको उपलब्धीपछि प्राप्त गरिएको अधिकारको कटौती गरेको भन्दै दुःख समेत ब्यक्त गरे । सरकारले आफुहरुको मागलाई गम्भिर ढंगबाट लिएर विदादिने निर्णय गर्नको लागि आग्रह समेत गरे ।

नेपाल मगर संघ तीन नंबर प्रदेश समिति अध्यक्ष राजकुमार थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य सचिव सविन पुलामी मगर, मकवानपुर जिल्ला अध्यक्ष शंकर थापामगर लगाएतको सहभागिता रहेको थियो । संघले बिहीबार नै मकवानपुर जिल्ला प्रशासन कार्यालय मार्फत सरकार तथा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई समेत ज्ञापनपत्र बुझाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*