रहेनन् तामाङ चलचित्रका अभिनेता तिर्थकुमार लामा

१२ पुष २०७५, बिहीबार १२:५१
Tirtha Kumar Lama-Murchunga TV

हेटौँडा, १२ पुस । तामाङ चलचित्र जगतका चर्चित अभिनेता तिर्थकुमार लामाको बिहीबार बिहान मृत्यू भएको छ । उनको बिहीबार बिहान ४ बजे कान्तिपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

नायक लामाको कलेजो खराब भई विगत केही दिनदेखि कान्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनले वि.सं. २०६३ सालमा संजय लामा बलद्वारा निर्देशित ‘लेङस्याला सेम्जो’ नामक चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । त्यस्तै सेमला दुङाल, ज्यो ज्यो आले, आले च्याङबा, डन च्याङबा, चारसय बिस, तिङ्ला जो जस्ता तामाङ चलचित्रमा समेत उनले अभिनय गरेका थिए ।

Tirtha Kumar Lama-Murchunga TV 1

उनले नेपाली मुलधारका डोली, रोज लगायतका थुप्रै चलचित्रमा समेत अभिनय गरेका छन् । पछिल्लो पटक उनले नेपाली चलचित्र ‘नेप्टे’ मा अभिनय गरेका थिए । काभ्रेको रोशी गाउँपालिका पिन्थलीमा जन्मिएका लामा अभिनित तामाङ टेलिसिरियल आबा ङच्छा हाल डिसहोमको रमाइलो टिभी मार्फत प्रशारण हुदै आएको छ । उनी कलाकार मात्र नभई निर्माता समेत थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*