नेपाल विक्रेता महासंघको केन्द्रीय अधिवेशन पुस २१ गते हेटौँडामा

११ पुष २०७५, बुधबार १४:४६
Nepal Adhikrit Bikreta Mahasangh-Murchunga TV

हेटौँडा,११ पुस । अधिकृत विक्रेताहरुको छाता संगठन नेपाल विक्रेता महासंघको केन्द्रीय अधिवेशन यही पुस २१ गते हेटौँडामा हुने भएको छ । बुधबार हेटौँडाको न्युज क्लब हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गरी महासंघले हेटौँडामा चौथो राष्ट्रिय महाधिवेशन हुने जानकारी गराएको हो ।

मकवानपुर अधिकृत विक्रेता संघको आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताईएको छ । अधिवेशनमा देशभरका ३५ जिल्लाबाट २ सय ५० जना प्रतिनिधिहरु तथा १ सय ५० जना पर्यवेक्षकहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बरबहादुर थापाले अधिकृत विक्रेता संघलाई राज्यले कुनैपनि अधिकार नदिएको गुनासो ब्यक्त गरे । सरकारले अझैपनि अधिकृत विक्रेताहरुलाई दलालको रुपमा हेरेको भन्दै उनले आफुहरु नाफामुलक मात्र नभएर सेवामुलक ब्यवसायमा विस्वाश राख्ने बताए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै अध्यक्ष थापाले नेपालमा होलसेलर र अधिकृत विक्रेताहरुलाई एउटै डालोमा हालेर हेर्ने परम्परा रहेको भन्दै त्यसरी ब्याख्या नगर्नको लागि मिडिया मार्फत सबैलाई आग्रह समेत गरेका छन् ।

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलबाट उद्घाटन हुने अधिवेशनलाई भब्य तथा सभ्य बनाउनको लागि आफुहरु लागिपरेको मकवानपुर अधिकृत विक्रेता संघका पुर्व अध्यक्ष विजय श्रेष्ठले बताए । प्रदेश नंबर ३ को राजधानीमा कार्यक्रम हुन गएको भन्दै उनले यो ऐतिहाँसिक क्षणलाई स्मरणीय बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय पदाधीकारीहरु, केन्द्रीय सदस्यहरु, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । अधिवेशन हेटौँडा रिर्सोटमा हुने स्थानीय कार्यक्रम संयोजक डिलाराम तिवारीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*