मकवानपुरका ४ सहकारीलाई प्रोवेशन ब्राण्ड प्राप्त, जिल्ला बचतद्वारा बधाई

११ पुष २०७५, बुधबार १३:५४
Sahakari Samman-Murchunga TV

हेटौँडा, ११ पुस । मकवानपुरका ४ सहकारी संस्थाहरुलाई प्रोवेशन ब्राण्ड प्राप्त भएको छ । यसै अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम (प्रोवेशन ब्रान्ड) प्राप्त ४ सहकारी संस्थालाई बुधबार बधाई तथा शुभकामना दिएको छ ।

बुधबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले बधाई तथा शुभकामना दिएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) को साधारण सभाको अवसरमा मकवानपुरका ४ साकोस संस्थालाई प्रोवेशन ब्रान्ड प्रदान गरिएको थियो । देशभरका २१ सहकारी संस्थाहरुलाई उक्त ब्रान्ड प्रदान गरिएको हो ।

२१ सहकारी मध्ये मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौँडा १५ रातोमाटेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भिमफेदी गाउँपालिका वडा नम्बर ४ निबुवाटारको महलिा अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोवेशन ब्राण्ड प्राप्त गरेका थिए । मकवानपुर जिल्लाबाट ६ वटा नेफस्कुनमा आवद्ध भएकामध्ये ४ वटाले ब्रान्ड प्राप्त गरेको हो ।

कार्यक्रममा मकवानपुरको सहकारीले कसरी ब्राण्ड प्राप्त गरेको भन्ने विषयमा जिल्ला बचत संघकी सचिव कल्पना श्रेष्ठले जानकारी दिएकी थिईन् । उनले अहिले ब्राण्ड प्राप्त गर्नु मात्र महत्वपुर्ण नभएको भन्दै अब यसलाई जोगाएर थप प्रभावकारी काम गर्न आफुहरुलाई अवसर समेत प्रदान गरेको बताईन् ।

बधाई तथा शुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, ब्रान्ड प्राप्त सहकारी संस्थाका अध्यक्षहरु विष्णुमाया लामा, कुमारी श्रेष्ठ, कल्पना श्रेष्ठ, भिमकुमारी थापा मगर, समितिका पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*