नेपाल आईडल रवि ओडकी आमाको यसकारण ज्यान गयो (भिडियो)

११ पुष २०७५, बुधबार ०६:२१
Featured Video Play Icon

हेटौँडा, ११ पुस । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा विष्णा ओडको मृत्यू भएको हो । ४५ वर्षीया रविकी आमालाई करेन्ट लागेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमालाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले बताएका छन् ।
हेरौँ भिडियो–

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले समेत बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन् । केही समयअघि मात्रै नेपाल आईडलका विजेता भएका रविले पुरस्कार स्वरुप पाएको गाडी नलिई पैसा लिएर आमाको लागि घर बनाउने सपना भएको बताएका थिए । तर उनको सपना अधुरो बनेको छ । रविलाई यो पिडा सहने शक्ति मिलोस् । हार्दिक समवेदना ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*