मानन्धर खलःको सातौँ वार्षिक साधारण सभा हेटौँडामा

८ पुष २०७५, आईतवार १४:४१
Manandhar Khala-Murchunga TV

हेटौँडा, ८ पुस । मानन्धर खलः मकवानपुरको सातौं वार्षिक साधारण सभा आईतबार हेटौंडामा सम्पन्न भएको छ । सभामा खलःका कोषाध्यक्ष एवम् कानुनी सल्लाहकार सुमनकुमार मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका अध्यक्ष सुनकुमार मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा सहसचिव रविन्द्र मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको पूर्वसन्ध्यामा संस्थाले शनिबार भुटनदेवी मन्दिर परिसरमा सामुहिक भोजको आयोजना गरेको थियो ।

मानन्धर खलःमा हेटौंडाका ४५ मानन्धर परिवार आवद्ध रहेका छन् । वि.सं. २०२९ देखि गुठीको रुपमा क्रियाशील खलःले सदस्य परिवारभित्र ब्रतबन्ध, विवाह, मृत्यु संस्कार लगायत कर्मकाण्ड गर्दै आएको अध्यक्ष मानन्धरले बताए । बार्षिक रुपमा प्रतिपरिवार पाँच सय रुपैंया लिएर खलःले हरेक बर्ष पुसको पहिलो शनिबार सामुहिक भोज र वार्षिक साधारण सभा गर्दै आएको छ ।

वि.सं. २०६८ मा विधिवत रुपमा दर्ता भएको संस्थाले जेष्ठ नागरिक, संस्थापक सदस्यका श्रीमती र मानन्धर अधिवक्ता सुमनकुमारलाई सम्मान गरिसकेको छ । हेटौंडा १ चौकीटोलमा आफ्नै भवनमा कार्यालय सञ्चालन गर्दै आएको खलःले आगामी दिनमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*