सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)

८ पुष २०७५, आईतवार ०६:५६
Sagar Ghising & Mansu Lama-Murchunga TV

हेटौँडा, ८ पुस । तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ ।

करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् ।

राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ । युट्युबमा अपलोड भएको केही समयमा नै यस गीतको म्यूजिक भिडियोलाई ८ हजारभन्दा बढी पटक हेरिएको छ । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*