कैलाश गाउँपालिकाको कालिकाटारमा कालिका मेला

८ पुष २०७५, आईतवार ०६:१३
Kalika Mela-Murchunga TV

मकवानपुर, ८ पुस । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा शनिबार कालिका मेला भएको छ । कालिका मेला व्यवस्थापन समिति कैलाश ३ कालिकाटारको आायोजनामा भएको मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै कृषि उत्पादन समेत प्रदर्शन गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

मेलामा लोपोन्मुख मारुनी नाच पनि प्रदर्शन गरिएको थियो । शुक्रबारदेखि भएको २ दिने मेला भर्नका लागि मनहरी, राक्सिराङ, कैलाशका साथै आसपासका क्षेत्रबाट दर्शकहरु पुगेका थिए । यो वर्ष मेलालाई व्यवस्थित ढंगले सञ्चालन गर्नको लागी दास रिजालको संयोजकत्वमा मेला आयोजक समिती पनि गठन गरिएको थियो ।

मेलामा गायक रविन कुमार चेपाङ, बुद्धीमान घिसीङ, अबिराम मुक्तान , सुन्दर लामा ,प्रतिमा अर्याल ,सुनिता थापा मगर ,अफ्रिम लामा , दिपराज खत्री, स्वस्तिका ढकाल, पेमा लोप्चन , बिमला थिङ लगायतका कलाकारहरुले सांगितिक प्रस्तुति दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*