मिस नेपाल श्रृङ्खला खतिवडाद्वारा मनहरीमा न्यानो कपडा वितरण

८ पुष २०७५, आईतवार ०६:००
Miss Nepal Shrinkhala Khatiwada-Murchunga TV

मकवानपुर, ८ पुस । पश्चिम मकवानपुरको मनहरीका सहयोगापेक्षीहरुलाई मिस नेपाल श्रृङ्खला खतिवडाले शनिबार न्यानो कपडा वितरण गरिएको छ । जाडो समयमा निकै कष्टकर जिवन यापन गर्दै आइरहेका मनहरी ६ का चेपाङ तथा दलित समुदायका ३० घर परिवारलाई न्यानो कपडा (सिरक र डसना) वितरण गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

प्रत्येक ३० घर परिवारलाई एक जोरको दरले न्यानो कपडा वितरण गरिएको हो । मिस नेपाल खतिवडाले रोट्रयाक ईन्टरनेशन क्लबसंगको सहकार्यमा न्यानो कपडा वितरण गरेकी हुन् । मिस वल्र्डको समाप्ती संगै उनले नेपालका विभिन्न स्थानमा सहयोगापेक्षीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

कार्यक्रममा मिस नेपाल खतिवडाले नेपालको विभिन्न स्थानमा रहेका विपन्न वर्गहरु थुप्रै रहेको र उनीहरुको कष्टपूर्ण जीवनयापनले आफुलाई समेत दुःखी तुलाएको बताइन् । वितरण कार्यक्रममा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष साधुराम अधिकारी , सिसन बानियाँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य राममाया चेपाङको सभाध्यक्षताम सम्पन्न भएको थियो । खतिवडाले आईतबार कैलाश गाउँपालिका वडा नम्बर ७ ताम्लाङमा रहेका चेपाङ बस्तीमा ६ सय थान न्यानो कपडा बितरण गर्ने कार्यक्रम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*