मकवानपुर ग्यास व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

हेटौँडा, ८ पुस । मकवानपुर ग्यास व्यवसायी संघको छैठौँ साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ ।
दिलिशगोबिन्द जोशीको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभामा संघका कोषाध्यक्ष कृष्णबहादुर ढुङ्गाना र सचिव केशब मुडभरीले प्रतिबेदन पेश गरेका थिए । संघका उपाध्यक्ष विक्रमलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सभामा बाबा ग्यासका डाईरेक्टर बिमल कालाखेतीको विशेष आतिथ्यता तथा कृष्ण अगवाल, विनोदमान श्रेष्ठ, सरोजराज ढकाल, खडक थापा,विष्णु ढुङ्गाना,पिताम्बर ढकाल लगायतको आतिथ्यता रहेको थियो ।