शिखरपानीमा ३ महिने प्लम्बिङ तालिम सुरु

३ पुष २०७५, मंगलवार १२:२०
Shikhar Pani Plumbing Training-Murchunga TV

हेटौँडा, ३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा ३ महिने प्लम्बिङ तालिम सुरु भएको छ । शिखरपानीमा रहेको स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश २ कार्यालयको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष दिपेश थिङले बताए । हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तालिम केन्द्रका प्रमुख युवराज गुरुङको विशेष अतिथ्यता रहेको थियो ।

२० जना युवालाई तालिममा सहभागिता गराइएको अध्यक्ष थिङले बताए । कार्यक्रममा तालिम प्रशिक्षक नवराज पौडेल, वडा १५ का टोल विकास समन्वय समितिका अध्यक्ष सिंह बहादुर विक, सहकारीका उपाध्यक्ष पदम बहादुर लो लगायतकाको उपस्थिती रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*