पालुङ जेसिजमा कुमार नेगीको नेतृत्व

३ पुष २०७५, मंगलवार ०९:२०
Kumar Negi-Murchunga TV

मकवानपुर, ३ पुस । पालुङ जेसिजको नेतृत्व संचारकर्मी कुमार नेगीले सम्हालेका छन् । पालुङ जेसीज वर्ष २०१९ का लागि अध्यक्षमा नेगी निर्वाचित भएका हुन् । विकास खबर पत्रिकाका प्रधान सम्पादक समेत रहेका नेगी मकवानपुरका पहिलो तामाङ स्टेसन म्यानेजर समेत हुन् ।

लामो समयदेखि विभिन्न स्थानीय तथा राष्ट्रिय संचार संस्थाहरुमा आवद्ध नेगी विभिन्न गैरसरकारी संस्थामा समेत आवद्ध छन् ।

पालुङ जेसिजको वर्ष २०१९ का लागि अध्यक्षमा उम्मेदवारी दिएका विक्रम केसी र विकास भण्डारीलाई पछि पार्दै नेगी विजयी भएका हुन् । जेसिजको कार्यकारी उपाध्यक्षमा सानोबाबु मुक्तान र रुपचन्द्र गोपाली निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा दिपा बल, अनिता बिष्ट, सङगम कार्की र सुशान्त गोपाली विजयी भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*