हेटौँडामा ‘गन्तव्य ट्युसन सेन्टर’ को सुरुवात

३ पुष २०७५, मंगलवार ०८:१७
Gantabya Tution Centre-Murchunga TV गन्तव्य ट्युसन सेन्टर

हेटौँडा, ३ पुस । मकवानपुरको हेटौंडामा विभिन्न विषयमा ट्युसन कक्षा सञ्चालन गर्ने उदेश्यसहित मंगलबारबाट ‘गन्तव्य ट्युसन सेन्टर’ को सुरुवात गरिएको छ । गन्तव्य एजुकेसन सेन्टर हेटौंडा प्रालिद्वारा सञ्चालित ट्युसन सेन्टर प्रालिका अध्यक्ष श्रीराम दाहालले उद्घाटन गरेका हुन्, ।

हेटौंडा २ पल्पसा रोडमा रहेको सेन्टरमा विद्यालय र क्याम्पस तहका सबै विषयहरु, कम्प्युटर कक्षा, कोरियन भाषा कक्षा, लोक सेवा र शिक्षक सेवा आयोगका कक्षाहरु, अंग्रेजी भाषाका कक्षाहरु र बैंक र संस्थानका कक्षाहरु पढाई हुने सेन्टरका संचालक इन्द्र बहादुर कार्कीले बताए ।

अनुभवी र दक्ष शिक्षकहरुबाट कक्षाहरु सञ्चालन गरिने सेन्टरका अर्का सञ्चालक सिताराम दाहालले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*