अशोक दर्जी, टंक र आर्यनको ‘चौरीको चाम्रो छुर्पी’ एक नम्बर ट्रेण्डिङमा, ६ महिना अघि नै भएको थियो खुलासा (भिडियो सहित)

२९ मंसिर २०७५, शनिबार १७:०१
Featured Video Play Icon

हेटौँडा, २९ मंसिर । भाईरल बाल गायक अशोक दर्जी तथा उनका गुरु चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको दोस्रो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतबाट थप भाईरल भएको यो जोडीको दोस्रो गीतमा उनीहरुलाई आर्यन बुढाथोकीले समेत साथ दिएका छन् ।

गीतको म्यूजिक भिडियो यो सामाग्री तयार पार्दाको समयमा नै युट्युब ट्रेण्डिङको नम्बर १ मा पर्न सफल भएको छ । यद्यपि उनीहरुले यस गीतको खुलासा करिब ६ महिना अघि दुबईमा भएको हेटौँडा जर्नालिजम अवार्डमा गरिसकेका थिए । उनीहरुले त्यस समयमा यसरी गीतको खुलासा गरेका थिए । हेरौँ भिडियो–

दुबईमा खुलासा भएता पनि यस गीतले पूर्णता भने भर्खरै पाएको हो र यो गीत अहिले एक नम्बर ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १७ लाख ६८ हजारभन्दा बढी पटक हेरिएको छ । आमा, बुहारी, दिदी बहिनी सहित विभिन्न सामाजिक कार्यमा विभिन्न रुपमा देखिने महिलालाई संसारकै सबैभन्दा राम्री मान्छेको रुपमा गीतमा प्रस्तुत गरिएको छ साथै आमाभन्दा राम्री संसारमा कोही नभएको भन्दै आमाको महिमा गाईएको छ । गीतको शब्द र संगीत गायक टंक बुढाथोकीले नै सिर्जना गरेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा ३ गायकहरु सहित डिजे रुपक, वशुकला मैनाली, दिपिका शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियो कुवेत, कतार जस्ता देशमा समेत नम्बर एकमा पर्न सफल भएको छ ।
हेरौँ गीतको म्यूजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*