बसामाडीमा अन्तर टोल विकास कप फुटबल प्रतियोगिता सुरु

२९ मंसिर २०७५, शनिबार १४:५८

हेटौँडा, २९ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा शनिबारदेखि अन्तर टोल विकास कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

बसामाडी फुटबल चौरमा भएको उद्घाटन खेलमा राइटोल टोल विकास संस्था र लेखपानी टोल विकास संस्थाले बिजयी सुरुवात गरेको संचारकर्मी सहनशिला ढकालले जानकारी दिएकी छिन् । पहिलो खेलमा राइटोलले बोरंगधापलाई २–१ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै दोश्रो खेलमा लेखपानीले लेवटलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु गरिएको थियो । आइतबार हुने पहिलो खेलमा बुद्द टोल विकास र सिमलथली टोल विकास संस्था तथा दोश्रो खेलमा जम्बु चौतारा टोल विकास र लक्ष्मी नारयण टोल विकास संस्थाबिच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ७ गते हुने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*