
बर्षेनी बढ्दो बेरुजु आर्थिक अनियमितता हो–मुख्यमन्त्री पौडेल

हेटौंडा, २७ मंसिर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक बर्ष बढ्ने बेरुजु खर्च रोक्नुपर्नेमा जोड दिएका छन् । आधारबिना प्रत्येक बर्ष बेरुजु बढ्नु आर्थिक अनियमितता भएको उनले बताए ।
महालेखा परिक्षकको कार्यालयको आयोजनामा बिहिबार भएको लेखा परिक्षण सम्बन्धी छलफलमा बोल्दै उनले जसरी हुन्छ बेरुजी घटाउनुपर्ने बताए । प्रत्येक बर्ष बढ्ने यस्ता खर्चहरुलाई महालेखाले निरुत्साहित गर्नुपर्ने पनि उनको भनाई थियो । प्रदेश सरकारले भ्रष्टाचारमुक्त पारदर्शी सरकारको उद्देश्य लिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका खर्चहरुको विवरण जनताले समेत विश्वास गर्ने खालको हुनुपर्ने धारणा राखे । लेखा परिक्षणलाई औपचारीकता पुरा गर्ने मात्र नभई पारदर्शी बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले खर्चको प्रणालीमा केहि समस्या रहेको भन्दै नीतिगतरुपमा सच्याउन आबश्यक रहेको बताए । विभिन्न बहानामा बजेट चुहावट भएको भन्दै यसको नियन्त्रण गर्न आग्रह समेत उनले गरे । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले लेखा परिक्षणको विषयमा अझै पनि धेरैलाई जानकारी नहरेको बताए । कार्यक्रममा बोल्दै महालेपरिक्षक टंकमणि शर्माले धेरै वटा चरण पार गरेपछि मात्र लेखा परिक्षण सम्पन्न हुने भएकोले यसको विषयमा शंका नगर्न आग्रह गरे । सबै खर्चहरुको दुरुस्त कागजात अनुसार नै लेखा परिक्षण हुने उनले जानकारी दिए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, प्रदेशका मन्त्रालयका सचिवहरु, महालेखा परिक्षकको कार्यालयका प्रतिनधिहरुको सहभागिता रहेको थियो ।
मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो