मकवानपुरको राक्सिराङमा ‘प्रथम राक्सिराङ गोल्डपक फुटबल प्रतियोगिता’

२३ मंसिर २०७५, आईतवार १४:०४
Raksirang Gold Cup Footbal-Murchunga TV

हेटौंडा,२३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा यही मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम राक्सिराङ रनिङ शिल्ड गोल्डपक फुटबल प्रतियोगिता हुने भएको छ । राक्सिराङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता सञ्चालन हुनेभएको हो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्तोष थापा मगरले बताए । राक्सिराङ ५ बोटबारीस्थित खेलमैदानमा हुने प्रतियोगितामा गाउँपालिकाका नौ वडाका ९ वटा नै टिमको सहभागिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार नगद सहित शिल्ड मेलड प्रमाणपत्र दिइने कार्यक्रम संयोजक सिद्धलाल लामाले बताए । साथै उत्कृष्ट ४ जना खेलाडीलाई सम्मान समेत गरिने बताइएको छ ।

कार्यक्रम सम्पन्न गर्न दश लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । विकास,अनुशासन र गतिशिलता भन्ने नाराका साथ पहिलो पटक हुन लागेको प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ । तीन नम्बर प्रदेशसभाका सदस्य ओम बहादुर घलानको प्रमुख आतिथ्यतामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नौ वटै वडाको झाँकी प्रर्दशन गरिने आयोजकको तयारी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*