मकवानपुरमा बालविवाह रोक्न धर्म गुरूहरु पनि एकजुट

२३ मंसिर २०७५, आईतवार १३:५३
Bal Biwaha-Murchunga TV

हेटौँडा, २३ मंसिर । मकवानपुरमा धर्मगुरुहरु नै बालविवाह रोक्नका लागि अघि सरेका छन् । बकैया गाउँपालिकामा गाउँस्तरको महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल गठन भएसँगै धार्मिक गुरुहरु नै बालविवाह रोक्न अग्रसर भएका हुन् । गाउँपालिकाको आयोजना, सिविन नेपाल मकवानपुरको सहकार्य र अन्तरधार्मिक जिल्ला सञ्जाल मकवानपुरको समन्वयमा आयोजना भएको कार्यक्रममा धार्मिक अगुवाहरु, जनप्रतिनिधिहरु र सरोकारवालाहरुको भेलाले सबै धर्मलाई समावेश गरी राजेन्द्र घिमिरेको ९ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

सञ्जालको उपाध्यक्षमा कृष्ण बहादुर माझी, सचिव लाल बहादुर लामा, कोषाध्यक्षमा चयन भएको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिएका छन् । सदस्यमा ऋषि प्रसाद अर्याल, टंक बहादुर लामा, कल बहादुर थोकर, केशव प्रसाद अधिकारी र भरत लामिछाने चयन भएका छन् ।

६० जना सहभागीहरुको भेला भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा गाउँपालिका उपाध्यक्ष सरला बोलखे, वडा अध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, सिविन नेपाल मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत सम्झना अधिकारी, अन्तरधार्मिक जिल्ला सञ्जाल (निरन) का सचिव मोहनकुमार बस्ताकोटी र सदस्य विष्णुप्रसाद वाग्ले, बकैयाका धार्मिक अगुवाहरु, विद्यालयका प्रअहरु, युवाहरु लगायतको सहभागिता रहेको सिविन मकवानपुरले जनाएको छ ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूलनाराका साथ १६ दिने महिला हिंसा विरुद्धको दिवसको सन्दर्भमा आयोजित लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रमको सहजीकरण सिविन नेपाल मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, अन्तरधार्मिक जिल्ला सञ्जाल (निरन) का सचिव मोहनकुमार बस्ताकोटी र सदस्य विष्णुप्रसाद वाग्लेले गरेका थिए ।

लैङ्गिकतामा आधारित हिंसा, हिंसाका असर तथा परिणाम, हिंसा न्यूनीकरणका प्रयास तथा अभ्यासहरु, उपायहरु, प्रचलित कानूनहरु ल्गायतका विषय कार्यक्रममा प्रस्तुत तथा छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले समाजमा धर्मका कारण चलिआएका गलत अभ्यासहरुले समाज परिवर्तनमा बाधा पुगेको स्वीकार गर्दै आगामी दिनमा आप्mना तर्फबाट पनि यस सम्बन्धी सचेत हुने र गराउने प्रयास गर्ने बताए ।

कार्यक्रमका सहभागी बुद्ध धर्म गुरु टंक ब. लामाले आप्mनो धर्मग्रन्थमा बालविवाह गर्न नहुने, धुम्रपान मद्यपान गर्न नहुने, बुहविवाह गर्नु नहुने, महिलालाई आदरसम्मान गर्नुपर्ने भन्ने जस्ता पक्षमा जोड दिइएको भएता पनि समाजमा चलि आएको रीतिथिति भने धर्मग्रन्थभन्दा बिल्कुल बिपरीत भएकाले समाजमा लैङ्गिक हिंसा बढेको बताए ।

कार्यक्रमका सभाध्यक्ष दामोदर खनालले सामाजिक सचेतना फैलाउन समाजमा धर्म गुरुहरुको भूमिका एकदमै प्रभावकारी हुने भएकाले यस सञ्जालबाट गाउँपालिकाले समाज सुधारको अपेक्षा राखेको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*