लैङ्गिक हिंसा विरुद्ध हेटौँडामा वृत्तचित्र प्रदर्शनी

२३ मंसिर २०७५, आईतवार १३:४१

हेटौँडा, २३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको नवोदय शिशु अङ्ग्रेजी माध्यमिक विद्यालयमा वृत्तचित्र प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसा विरद्धको १६ दिने अभियान अन्तर्गत नवोदयमा लैङ्गिक हिंसा र दुव्र्यवहार सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको हो ।

माईती नेपालको आयोजनामा भएको कार्यक्रम नवोदय विद्यालयका प्रिन्सिपल शकुन्तला जोशीको अध्यक्षतामा भएको थियो । माईती नेपालकी प्रमुख रक्षा रिजालले बढ्दो किशोरीहरुको बलात्कृत र बेचबिखनलाई सचेतीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइन् । यसैगरी माईती नेपालका सेल्टर प्रमुख विनिता श्रेष्ठले शहरमा भन्दा गाउँमा महिलालाई पुरुष सरह समान व्यवहार गर्ने र हेर्ने दृष्टिकोण नै फरक पाइएको बताइन् । अहिले पनि महिलालाई अपशब्द बोल्ने, धम्काउने, जिस्काउने छाउप्रथा लगायतको हिंसा विद्यमान रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै महिला तथा बालबालिका कार्यालय मकवानपुरका समाजिक विकास महाशाखा प्रमुख शान्ति विकले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मात्र नभई ३ सय ६५ दिन सञ्चालन गर्नेमा जोड दिइन् । विश्वव्यापी कार्यक्रम अन्तर्गत १६ दिने विभिन्न सचेतनामूलक कार्यक्रम गरी सोमबार समापन गरिने उनले बताएकी छिन् । यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक दिपा कार्कीले लैङ्गिक हिंसा विरुद्ध कार्य गर्ने संघसंस्था बढी क्रियाशील भएकाले हिंसाको घटना गतवर्षको तुलनामा यसवर्ष बढी भएको बताइन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडाका अध्यक्ष नवीन सिग्देल, अधिवक्त ललिता श्रेष्ठ, सिविन मकवानपुरका प्रमुख झवेन्द्र ज्ञवालीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नवोदय विद्यालयका कक्षा ७, ८ र ९ का करिव ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*