मनहरी र राक्सिराङमा चेपाङ बालबालिकालाई न्यानो कपडा

२० मंसिर २०७५, बिहीबार १५:०६

हेटौँडा, २० मंसिर । मकवानपुरका सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको छ । मनहरी र राक्सिराङ गाउँपालिकासँगको समन्वय तथा कोर ईन्टरनेशनल क्यानडाको सहयोगमा  (हिमराइट्स) मकवानपुरले कपडा वितरण गरेको हो ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत मनहरीको प्रजा आधारभुत विद्यालय र राक्सिराङको प्रजाजागृति बिद्यालयका ९–९ जना चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।

मनहरीमा आयोजित कपडा वितरण कार्यक्रम मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्य तथा विद्यालय अध्यक्ष राजुप्रसाद खनालको अध्यक्षतामा भएको थियो । त्यस्तै, राक्सिराङमा आयोजित कपडा वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य तथा विद्यालयका अध्यक्ष जयकान्त प्रजाको अध्यक्षतामा भएको थियो ।

यसैगरी, जाडो महिनालाई मध्यनजर गरि सरिखेतको सुर्योदय माध्यमिक विद्यालय र मनहरीको सगरमाथा आधारभुत विद्यालयमा पनि न्यानो कपडा वितरण गरिने हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*