
एउटा दर्दनाक कथा, मिस नेपाल श्रृङ्खला खतिवडाको ब्युटी विथ अ पर्पोज भिडियोको वास्तविकता

हेटौँडा, १९ मंसिर । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ मा मिस नेपाल श्रृङ्खला खतिवडाले एकैपटक दुई वटा अवार्ड जितेकी छिन् । उनले मल्टिमिडिया अवार्ड र ब्यूटी विथ अ पर्पोज अवार्ड जितेकी हुन् । अवार्ड जितेसँगै उनी अन्तिम ३० मा पुगेकी छिन् ।
मल्टिमिडिया अवार्डमा उनी मोबस्टारसहित ४ तरिकाको भोटिङ र फ्यान फलोईङका आधारमा उनी विजेत भएकी हुन् भने ब्यूटी विथ अ पर्पोजमा उनी एउटा सरहानीय कार्यका लागि विजेता भएकी हुन् । उनले अवार्डको लागि प्रस्तुत गरेको भिडियो आफैमा एउटा दर्दनाक कथा हो । के छ त श्रृङ्खलाको अवार्ड विनिङ भिडियोमा ? आउनुहोस् भिडियो हेरौँ–
मिस नेपालले ब्यूटी विथ अ पर्पोज भिडियोमा मकवानपुरको कैलाश गाउँपालिकामा अवस्थित चेपाङ समुदायको वास्तविक दुःख, जीवन भोगाई र त्यहाँ आफुले निर्माण गरेको स्वास्थ्यचौकीका विषयमा जानकारी दिएकी छिन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको क्यान्भास सँगै सुरु हुने उनको भिडियोमा जंगलमा घाँस काटीरहेका केही चेपाङ महिला र एक बालकलाई स्तनपान गराइरहेकी महिलाको मौलिक भाका प्रस्तुत गरेकी छिन् । चेपाङ समुदायको बारेमा जानकारी समेत यहाँ देख्न पाईन्छ । सडक , विद्यूत र खानेपानीको अभाव तथा गरिबिमा गुज्रिरहेको चेपाङ समुदाय स्वास्थ्य सेवाबाट निकै टाढा रहेको कुरा उनको भिडियोले प्रस्ट देखाउँछ । ८६ प्रतिशत बालविवाह हुने गरेको चेपाङ समुदायमा उनी पहिलो पटक पुग्दा आफु आश्चर्यचकित भएको समेत उनले भिडियोमा उल्लेख गरेकी छिन् ।
उच्च शिशु मृत्युदर तथा कुपोषणबाट आजित समुदायमा उनले १० वटा सन्तानकी आमासँगको गरिएको भलाकुसारी समेत प्रस्तुत गरेकी छिन् । झाँक्रीको झारफुकदेखि ईन्द्रेणीको नरसंहारसम्मको कथा उनको भिडियोमा छ । त्यसका साथै त्यहाँ स्वास्थ्यचौकी निर्माणका लागि आफ्नो समूहले भोगेको समस्या र स्वास्थ्यचौकी निर्माण पश्चात प्राप्त खुशीलाई उनले एक वाक्यमा टुङ्ग्याएकी छिन्–‘यो त एउटा सुरुवात मात्र हो, त्यहाँ अझै धेरै कुराहरु गर्नुछ, एउटा घरले समुदायलाई बदल्न सक्छ, एउटा व्यक्तिले राष्ट्रलाई परिवर्तन गर्न सक्छ, अनि एउटा विचारले संसार परिवर्तन गर्न सक्छ, मलाई विश्वास छ ।’
मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो