तामाङ चलचित्र ‘रुङ्सी टिला’ मंसिर १९ गते बिहान हेटौँडामा प्रदर्शन हुने

१८ मंसिर २०७५, मंगलवार १४:२७

मकवानपुर, १८ मंसिर । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) बुधबार बिहान हेटौँडामा रहेको एन.एस. सिनेमाजमा प्रदर्शन हुने भएको छ ।

तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताएका छन् । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको बताइएको छ ।

हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी सानु लामाले यसै चलचित्रमार्फत नायकका रुपमा डेब्यू गरेका छन् । उनले एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिका निभाएको बताइएको छ ।

चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*