मिस वर्ल्ड अपडेट–सबैभन्दा बढी भोट ल्याउने उत्कृष्ट ५ प्रतियोगीहरु

१२ मंसिर २०७५, बुधबार १२:०३
Featured Video Play Icon

हेटौँडा, १२ मंसिर । मिस वर्ल्ड २०१८ अहिले चीनको सान्यामा भईरहेको छ । मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चर्चाको शिखरमा छिन् र उनले भोटिङ एपहरुको समेत नयाँ रेकर्ड बनाएर नयाँ ईतिहास बनाउन सफल भएकी छिन् । टप मोडल र ट्यालेन्ट राउण्डमा सफल हुन नसकेपनि उनी अहिले प्राय सबै भोटिङ अपडेटमा अगाडि छिन् । उनलाई हेड टु हेड च्यालेन्जको दोस्रो राउण्डमा लैजानका लागि समेत नेपालीहरु कम्मर कसेर लागेका छन् । हामीले यस भिडियोमा मिस वर्ल्डको आधिकारिक वेबसाईटमा अहिलेसम्म सर्वाधिक भोट प्राप्त गर्ने उत्कृष्ट ५ जना प्रतियोगिहरुका बारेमा चर्चा गरेकाछौँ ।
हेर्नुहोस् भिडियो–

मिस वर्ल्डको आधिकारिक वेबसाईटमा नोभेम्बर २८ अर्थात बुधबार दिउँसो सम्मको अपडेटका अनुसार हेड टु हेड च्यालेन्जका लागि मिस नेपाल पहिलो स्थानमा छिन् । दिउँसो साढे १२ बजेसम्मको अपडेट अनुसार मिस नेपाल श्रृङ्खला खतिवडाले ३५.३१ प्रतिशत भोट ल्याएर पहिलो स्थानमा छिन् । यो हिजोको तुलनामा अलि खस्केको हो । हिजो उनको ३७.१३ प्रतिशत भोट रहेको थियो । त्यसैले छिटो भन्दा छिटो अझ भोट गरौँ ।
५.५७ फिट हाईट भएकी २२ वर्षीया श्रृङ्खला आर्किटेक्ट हुन् । उनी नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न सक्छिन् । आर्किटेक्टमा डिग्रीसम्मको अध्ययन पुरा गरेकी उनी वान होम फाउण्डेसनकी प्रेसिडेन्ट समेत हुन् । नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बन्ने लक्ष्य राखेकी श्रृङ्खलाले बाल उपन्यास समेत लेखिरहेकी छिन् । उनी कविता समेत कोर्छिन् । लेखनसहित अध्ययन र यात्रामा उनको शोख छ ।

त्यस्तै भोटिङमा दोस्रो नम्बरमा मिस मंगोलिया ईक्रिमा रहेकी छिन् । ईक्रिमाले हिजो दिउँसो सम्म ११.१ प्रतिशत भोट प्राप्त गरेकी थिईन् भने अहिले बढेर ११.७६ प्रतिशत पुगेको छ । ५.७ फिट उचाई भएमी २१ वर्षीया ईक्रिमा मंगोलियन, अङ्ग्रेजी र रसियन भाषा बोल्न सक्छिन् । एकाउन्ट अध्ययन गर्दै गरेकी उनी टेबल टेनिस र भलिबल समेत रुचाउँछिन् । पियानो र मंगोलियन प्राचिन बाजा अमन खुर बजाउन समेत अब्बल रहेकी उनी डिजाईनर पनि हुन् ।
त्यस्तै भोटिङमा तेस्रो स्थानमा मिस भियतनाम भिट्राम छिन् । उनले हिजो दिउँसो सम्म ७.५७ प्रतिशत भोट प्राप्त गरेकीमा अहिले यो बढेर ८.६३ प्रतिशत पुगेको छ । ५.७ फिट उचाई भएकी १८ वर्षीया उनी युनिभर्सीटीकी विद्यार्थी हुन् । भियतनामी र अङ्ग्रेजी भाषामा दख्खल राख्ने उनी कुकिङमा शोख राख्छिन् र गितार बजाउनमा आनन्द मान्छिन् ।

त्यस्तै मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा मिस नेपालको खास प्रतिस्पर्धाका रुपमा हेरिएकी मिस ईण्डिया अनुकृति व्यास चौथो धेरै भोट प्राप्त गर्ने प्रतियोगी हुन् । हिजो दिउँसोसम्म ६.७४ भोट प्राप्त गरेकी उनले अहिले ७.६५ प्रतिशत भोट प्राप्त गरेकी छिन् । ५.५७ फिट उचाई भएकी उनी विद्यार्थी र मोडल पनि हुन् । २० वर्षीया अनुकृति ६ वटा फरक भाषामा अब्बल छिन् । उनी फ्रेन्च साहित्यमा ब्याचलर डिग्री अध्ययनरत छिन् । स्टन्टउमनका रुपमा परिचित र नृत्यमा समेत दख्खल राख्ने उनी सबै प्रकारका खेलकुद मनपराउँछिन् ।

र भोट प्राप्त गर्ने उत्कृष्ट ५ को सूचिमा पाँचौँ नम्बरमा मिस काजिकिस्तान एकतारिना रहेकी छिन् । उनले ५.७१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । ५.८ फिट उचाई भएकी २० वर्षीया एकतारिना युनिभर्सिटी स्टुडेन्ट हुन् । तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भिडियो राम्रो लागेमा हाम्रो च्यानललाई सब्स्क्राईब, भिडियोलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । मुर्चु्ङ्गा टिभीका लागि प्रजोनी सुनार


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*