मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

१२ मंसिर २०७५, बुधबार ०९:१६
Featured Video Play Icon

हेटौँडा, १२ मंसिर । मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् ।

मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

नोभेम्बर २७ तारिखमा भएको ट्यालेन्ट राउण्डको फाईनलमा मिस नेपाल पुग्न सकिनन् । ट्यालेन्ट राउण्डको फाईनलमा कुक आईस्ल्याण्ड, पानामा, ईण्डोनेसिया, बुल्गेरिया, हाईटी, निकारागुआ, युनाईटेड स्टेस्ट्स, स्पेन, ग्याना, मलेसिया, क्यानाडा, पाराग्वे, पुर्टोरिको, भारत, पोल्याण्ड, जापान, थाईल्याण्ड र चीन गरी १८ वटा देशकी सुन्दरीहरु पुगेका थिए । मिस नेपालले ट्यालेन्ट राउण्डमा आफु फाईनलमा नपुगेको कुरा फेसबुक स्टाटसमार्फत बताएकी छिन् ।

हेर्नुहोस् भिडियो–

यसअघि टप मोडलमा उनी उत्कृष्ट ३२ मा पर्दै सेमिफाईनलसम्म पुगेकी थिईन् । हेड टु हेड च्यालेन्ज उनी अहिले भोटिङमा अगाडि छिन् । भोटिङ आजसम्म मात्र खुला छ । त्यसैले तपाई पनि भोट गर्दै गर्नुहोस् । उनलाई भोट गर्ने ४ तरिकाहरु छन् जसका बारेमा हामीले अन्य भिडियोहरुमा चर्चा गरेका छौँ ।
तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भिडियो राम्रो लागेमा हाम्रो च्यानललाई सब्स्क्राईब, भिडियोलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । मिस नेपाललाई मिस वर्ल्ड बनाउन पनि यो भिडियोलाई शेयर गरेर सहयोग गरिदिनुहोला । याद गरौँ हाम्रो भोटले मिस नेपाललाई मल्टिमिडिया अवार्ड जिताउने मात्र होईन उनलाई मिस वर्ल्ड नै बन्ने गरी फाईनल राउण्डसम्म पुराउन सफल हुनेछ । प्रजोनी सुनार, मुर्चु्ङ्गा टिभी

मिस वर्ल्ड अपडेट–श्रृङ्खलाको जीत पक्का

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

फेसबुकबाट कसरी गर्ने भोट ? जान्नका लागि यो भिडियो हेर्नुहोस् –

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*