चलचित्र ‘कल्चर’ को ट्रेलर युट्युबमा सार्वजनिक

मकवानपुर, ९ मंसिर । नेपाली कथानक चलचित्र ‘कल्चर’ ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट दर्ता भई चर्चामा आउन सफल थाहा कला केन्द्रको प्रस्तुति तथा लाबा मिडिया प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेलर हाईलाईट्स नेपालमार्फत सार्वजनिक गरिएको हो ।
गएको बैशाखमा थाहा नगरबाटै शुमुहुर्त गरी छायाँकन थालिएको चलचित्रको यही मंसिर १५ गते थाहा नगरमा नै प्रिमियर शो गरिने छ । त्यसपश्चात मकवानपुर सहित अन्य स्थानहरुमा समेत चलचित्र रिलिज गरिने बताइएको छ । चलचित्रमा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानको कथा र निर्देशन रहेको छ ।
आत्माहत्याको न्यूनिरकण कसरी गर्न सकिन्छ भन्ने विषय समेटिएको चलचित्रमा सर्वनाम थिएटरकी कलाकार मिना पुर्णिमा खड्कासहित मकवानपुरकै कलाकारहरु दिपराज खत्री, बिना मुक्तान, चन्द्र लामा, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहेको छ ।
चललिचत्रको छायांकन थाहा नगरपालिकाको भाङखोरिया (कोटथुम्की) र मकवानपुरका विभिन्न स्थानमा गरिएको छ । चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनको संगीत सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा मेलिना राई, दिपराज खत्री, मुक्तिनाथ उप्रेती लगायतले स्वर दिएका छन् । श्याम गौतमको छायाँकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकराउण्ड स्कोर रहेको छ । हेर्नुहोस् ट्रेलर–
श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–
मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–
फेसबुकबाट कसरी गर्ने भोट ? जान्नका लागि यो भिडियो हेर्नुहोस् –
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो