फेसबुकबाट मिस नेपाल श्रृङ्खला खतिवडालाई कसरी गर्ने भोट ?

८ मंसिर २०७५, शनिबार १६:५६
Featured Video Play Icon

हेटौँडा, ८ मंसिर । मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चीनमा आयोजना भइरहेको मिस वल्र्डको प्रतिस्पर्धामा सहभागी भएकी छिन् । उनी भोटिङमा समेत नम्बर १ मा रहन सफल भएकी छिन् । भोटिङमार्फत मल्टिमिडिया अवार्ड जितेमा उनी उत्कृष्ट ३० मा पुग्नेछिन् । त्यसपश्चात मात्र उनी मिस वर्ल्ड बन्ने सम्भावना बढ्नेछ । यतिखेर हाम्रो भोटले उनलाई पहिलो पटक मिस वर्ल्डका ५ विधामध्ये एक विधा मल्टिमिडिया अवार्ड जिताउन सफल हुन्छ । त्यसैले उनलाई भोट गरेर नेपालको नाम फैलाउन सहयोग गरौँ ।

उनलाई भोट गर्ने ४ तरिकाहरु छन् जसमध्ये यहाँ उनको आधिकारिक फेसबुक पेज मार्फत भोट गर्ने तरिका दिइएको छ । अन्य तरिकाका बारेमा हामीले अन्य भिडियोमा चर्चा गरेका छौँ ।
फेसबुकबाट कसरी गर्ने भोट ? जान्नका लागि यो भिडियो हेर्नुहोस् –

कसरी गर्ने त फेसबुकबाट भोट ?
मिस नेपाल श्रृङ्खला खतिवडाका नाममा अनेकौँ फेक आईडी र पेजहरु बनेका छन् । त्यसैले सर्च गर्दा तपाई आधिकारिक पेज बाहेक अन्य पेजमा पुग्ने सम्भावना बढि छ । म स्वयम पनि यसबाट प्रभावित भएको छु र मैले यस अघि बनाएको केही भिडियोमा समेत गलत पेजको व्याखा भएको छ । मैले त्यसलाई जानकारी मार्फत सच्याएको छ । त्यसैले यहाँ हामीले उनको आधिकारिक फेसबुक पेजलाई पत्ता लगाउने सजिलो उपाय अपनाएका छौँ जसको लागि मिस वल्र्डको आधिकारिक वेबसाईटमा जानु जरुरी छ ।
१) सबैभन्दा सुरुमा आफ्नो मोबाईल अथवा कम्प्युटर वा ल्यापटपको क्रोम, फायरफक्स वा अन्य कुनै ब्राउजरमा गएर www. missworld.com टाईप गर्नुहोस् ।
२) बेवसाईट खुलेपछि वेबसाईटमा दिइएको Contestants भन्ने मेनुमा क्लिक गर्नुहोस् । त्यहाँ Contestants 2018 भन्ने ट्याब खुल्छ ।
३) त्यो ट्यामा माउस स्क्रोल गरेर तलसम्म जानुहोस् र सार्दै जाँदा २१ आँै लहरको बायाँतिर श्रृङ्खला खतिवडा नेपाल भनेर लेखिएको उनको तस्बिर र नेपालको झण्डा समेत आउँछ ।
४) त्यहाँ क्लिक गर्नुहोस् । त्यसपछि नेपाल र २०१८ लेखिएको उनको तस्बिर सहित भोटिङ प्रतिशत र उनको बारेमा अन्य जानकारी देखाउँछ । अलि तल माउस स्क्रोल गरेपछि जानकारी सँगै मोबस्टार, फेसबुक पेज र ट्विटरको साईन देखाउँछ । त्यहाँ तपाईले फेसबुक आईकनमा क्लिक गरेपछि उनको आधिकारिक फेसबुक पेजमा जान सकिन्छ र ट्विटरमा क्लिक गर्नुभयो भने ट्विटरमा पुग्न सकिन्छ ।
५) फेसबुक आईकनमा क्लिक गरेपछि तपाई उनको फेसबुक पेजमा पुग्नसक्नुहुन्छ र फेसबुक लग ईन गरेर तपाईले उनको पेज लाईक गर्नुहोस् । त्यसपछि उनको पोष्टमा कमेन्ट, लाईक, शेयर र भोटका लागि पनि अरुलाई आह्वान गर्न सक्नुहुन्छ । उनको पेज लाईक र फ्यान फलोईङले उनलाई मिडिया अवार्ड जिताउन मदत गर्छ । ट्विटरमा पनि उनलाई फलो गर्नुहोला । यसरी उनलाई भोट गर्न सकिन्छ ।
तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भिडियो राम्रो लागेमा लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । मिस नेपाललाई मिस वर्ल्ड बनाउन पनि यो भिडियोलाई शेयर गरेर सहयोग गरिदिनुहोला । साथै यो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला ।

मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

भोटिङ अपडेटका लागि यो भिडियो हेर्नुहोस्

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*