हेटौँडामा बौद्धिक अपाङ्ग अभिभावकको अधिवेशन, शारदा पौडेल सर्वसम्मत

७ मंसिर २०७५, शुक्रबार १३:११

हेटौँडा, ७ मंसिर । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । शुक्रबार हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।

संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा गीता श्रेष्ठ, काजीमान जिम्बा, दुर्गा प्रधान र जयमान वाइबा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा कार्यक्रममा भएको थियो । कार्यक्रममा मेयर महतले बौद्धिक अपाङ्गता भएका विद्यार्थीको शिक्षाको लागि उपमहानगरले दिइरहेको बजेटमा वृद्धि गरिने आश्वासन दिए । डे केयर सेन्टरको भवन निर्माणको लागि पनि उपमहानगरले आर्थिक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई संघले हेटौंडा–७ मा ‘डे केयर’ सेन्टर सञ्चालन गरी पढाई तथा खानाको व्यवस्थापन गर्दै आएको छ । नवज्योति माध्यमिक विद्यालयको मातहतमा सञ्चालित डे केयर सेन्टरमा २० जना बौद्धिक अपाङ्ग भएकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । संघले सञ्चालन गरिरहेको डे केयर सेन्टरलाई हेटौंडा उपमहानगरपालिका, माई राइट संस्था र हातेमालो संस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । संघले एक वर्षको अवधिमा ८ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेकोमा ४ लाख ६८ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*