आत्माहत्याको कथामा मकवानपुरे कलाकारहरुको चलचित्र ‘कल्चर’, मंसिर १५ गते प्रिमियर शो हुँदै

७ मंसिर २०७५, शुक्रबार ०९:१०

मकवानपुर, ७ मंसिर । नेपाली कथानक चलचित्र ‘कल्चर’ को शुक्रबार हेटौँडामा ट्रेलर सार्वजनिक तथा पत्रकार सम्मेलन गरिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट दर्ता भई चर्चामा आउन सफल थाहा कला केन्द्रको प्रस्तुति तथा लाबा मिडिया प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेलर हेटौँडास्थित न्यूज क्लब नेपालको सभाहलमा पत्रकारहरु माझ सार्वजनिक गरिएको हो ।

गएको बैशाखमा थाहा नगरबाटै शुमुहुर्त गरी छायाँकन थालिएको चलचित्रको यही मंसिर १५ गते थाहा नगरमा नै प्रिमियर शो गरिने बताइएको छ । त्यसपश्चात मकवानपुर सहित अन्य स्थानहरुमा समेत चलचित्र रिलिज गरिने बताइएको छ । चलचित्रमा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानको कथा र निर्देशन रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मोक्तानले चलचित्रमा मानिस कसरी आत्माहत्या गर्छन् र यसको न्यूनिरकण कसरी गर्न सकिन्छ भन्ने विषय समेटिएको बताए । आत्माहत्याका विभिन्न कारणहरु भएता पनि विशेष गरी वयस्क र किशोरी अवस्थामा कसरी आत्माहत्या हुन्छ र त्यसको असर कस्तो हुन्छ भन्ने कुरालाई चलचित्रमा देखाइएको उनले बताए । ‘यो चलचित्र हेरेपछि आत्माहत्याको सोचमा भएका मान्छेको समेत मन परिवर्तन हुन्छ भन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘त्यसैले हामीले चलचित्रलाई परिवर्तित मनको सम्बाहक भनेका छौँ ।’ चलचित्र करिब २१ लाख लागतमा निर्माण गरिएको मोक्तानले बताए ।

चलचित्रका बारेमा बोल्दै अन्य कलाकारहरुले २ घण्टा १५ मिनेटको चलचित्रले आत्माहत्या न्यूनिकरणको सन्देश सँगै मनोरञ्जन समेत प्रदान गर्ने बताए । लाबा मिडिया प्रालिका अध्यक्ष तथा चलचित्रका कलाकार शुभराज भोम्जनले चलचित्रलाई सन्देश र मनोरञ्जनको समिश्रण (कक्टेल) भएको बताएका छन् ।
चलचित्रमा सर्वनाम थिएटरकी कलकार मिना पुर्णिमा खड्कासहित मकवानपुरकै कलाकारहरु दिपराज खत्री, बिना मुक्तान, चन्द्र लामा, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहेको छ ।

चललिचत्रको छायांकन थाहा नगरपालिकाको भाङखोरिया (कोटथुम्की) र मकवानपुरका विभिन्न स्थानमा छायाँकन गरिएको छ । चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनको संगीत सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा मेलिना राई, दिपराज खत्री, मुक्तिनाथ उप्रेती लगायतले स्वर दिएका छन् । श्याम गौतमको छायाँकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकराउण्ड स्कोर रहेको छ । चलचित्रलाई एजे टिमले सम्पादन गरेको हो ।

लाबा मिडिया प्रालिका अध्यक्ष शुभराज भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र टिमसहित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी मकवानपुर अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, न्यूज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।

श्रृङ्खला खतिवडालाई भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

श्रृङ्खला खतिवडालाई मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

मिस नेपाल श्रृङखला खतिवडाको भिडियो

को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*